भत्ता दोब्बर

  • बुधबार, ३ मंसिर, २०७७
  • 3 months ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले अपाङ्गता तथा फरक क्षमता भएका उपभोक्तालाई उपलब्ध गराउँदै आएको भत्ताको रकम दोब्बर बढाएको छ । सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट १६ जना अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई रु एक हजारका दरले मासिक भत्ताको रकम उपलब्ध गराउँदै आएको थियो । भत्ताको रकममा वृद्धि गरी चालु आवमा रु दुई हजार पु¥याइएको छ ।

 

सामुदायिक वनको हालै सम्पन्न १९औँ साधारणसभाबाट अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई मासिक रुपमा प्रदान गरिँदै आएको भत्ताको रकम बढाउने निर्णय गरेको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । “सामुदायिक वनको राहत कोषबाट भत्ताको रकम पाउँदै आएका उपभोक्तालाई नवीकरण र सूचीकृत हुन सूचना जारी गरिएको छ”, उनले भने, “चालु आवदेखि २० देखि २५ जना सम्मलाई भत्ताको रकम उपलब्ध गराउने लक्ष्य छ ।”

 

सूचीकृत हुनका लागि मागिएको कागजपत्रको आधारमा भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष महराको भनाइ छ । भत्ता प्राप्त गर्नेमा ८० वर्षीय ज्येष्ठ नागरिकदेखि पाँच वर्षका बालबालिकासमेत रहेका छन् । दृष्टिविहीन श्रीराम जोशीले बिना झन्झट सामुदायिक वनले भत्ताको रकम उपलब्ध गराएर गुन लगाएको बताए ।

 

“घरमै पुगेर मासिक रुपमा सामुदायिक वनका पदाधिकारीले भत्ताको रकम उपलब्ध गराउँदै आउनु भएको छ”, उनले भने, “भत्ताको रकम पाउँदा वर्षभरिको लुगाफाटो र औषधोपचारलाई आवश्यक खर्च चलेको छ ।” सामुदायिक वनले शुरुमा अपाङ्गता भएका र फरक क्षमता भएका उपभोक्तालाई रु तीन सय र त्यस पछि रु एक हजार र हाल भत्ताको रकम वृद्धि गरी रु दुई हजार पु¥याएको छ । 

 

सामुदायिक वनले बौद्धिक, शारीरिक, मानसिक अपाङ्गता भएका र दृष्टीविहीनलाई भत्ताको रकम दिँदै आएको छ । आव २०७३÷७४ देखि सामुदायिक वनले अपाङ्गता भएकालाई राहत कोष खडा गरी भत्ता दिँदै आएको छ । कोषमा काठ, दाउरा, घाँस उपभोक्तालाई बिक्री गरी आउने रकममध्ये पाँच प्रतिशत रकम राख्ने व्यवस्था गरिएको छ । विसं २०५८ मा स्थापना भएको सामुदायिक वनमा ५९६ उपभोक्ता रहेका छन । सामुदायिक वन २८८ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

  • 14 minutes ago
लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेलेका छन् ।

सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर हुम्लामा रोक लगाइयो

  • 23 minutes ago
सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर हुम्लामा रोक लगाइयो

सिमकोट । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० ग

'सरकारको नेतृत्व परिवर्तन हुँदैन'

  • 27 minutes ago
'सरकारको नेतृत्व परिवर्तन हुँदैन'

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।