प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई दिने

प्रतिकात्मक तस्बिर

तनहुँ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । 

 

संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको दशैँ खर्चबापतको रु ६४ हजार सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका चार मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनको घोषणा अनुसार व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका–१४ का सन्तोष रानालाई रु १६÷१६ हजार सहयोग गरिनेछ ।

 

देशमा विषम् परिस्थिति र नागरिक समस्याग्रस्त भएको अवस्थामा दशैँ खर्चबापतको रकमको औचित्यका बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौलापीडितलाई दिने सांसद श्रेष्ठले बताए । सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात् अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहुँ जिल्लाका विभिन्न सङ्घसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएको स्मरण गराउँदै उनले भविष्यमा पनि उक्त सहयोगलाई निरन्तरता दिने घोषणा गरे । 

 

“अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण नागरिक आक्रान्त बनेका छन् । देश विषम परिस्थिति र नागरिक आर्थिक कठिनाइमा परेका बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो”, उनले भने । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

  • 2 minutes ago
बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

  • 32 minutes ago
लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेलेका छन् ।

सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर हुम्लामा रोक लगाइयो

  • 41 minutes ago
सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर हुम्लामा रोक लगाइयो

सिमकोट । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० ग



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।