अनेसास न्यूह्यामसायरमा भानुजयन्ती
- ईश्वरी भट्ट
- सोमबार, २० आषाढ, २०७९
- 1 month ago
- साहित्य

न्यू ह्याम्पसायर। अनेसास न्यूह्यामसायर च्याप्टरले २ जुलाई २०२२ शनिबारका दिन एक समारोहका बिच २०९ औ भानु जयन्ती मनाएको छ। कार्यक्रममा आदिकवि भानुभक्तका बारेमा चर्चा गरिनुका साथै स्रष्टा सम्मान र कृति परिचर्चा गरिएको छ।
कार्यक्रमका प्रमुख साहित्यकार गोवर्द्धन पूजाले आदिकविको भाषिक र साहित्यिक देनका बारेमा चर्चागर्दै आदिकविकै कारण नेपाली भाषाले राष्ट्रिय भाषाको मान्यता पाएको र आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यही भाषाको सूत्रमा नेपाली मनहरूलाई जोडने अनियान चलाएको बताए। उनले शास्त्रीय संगीतका अग्रणी स्रष्टा प्रभुराज ढकाललाई सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नुका साथै साहित्यकार महेश्वर पन्तका वारेका मन्तव्त राखे।
कार्यक्रममा साहित्यकार लालगोपाल सुवेदीले आदिकवि आचार्यको व्यक्तित्व र कृतित्व माथि प्रकाश पारे। उनले महेश्वर पन्तको उपन्यास”बौलाको डायरी” माथि पनि टिप्पणी राख्दै पन्तको लेखन यात्रा अत्यान्तै उत्साहपूर्ण र प्रसंशायोग्य रहेको बताए।
अनेसासका सचिव विमला निरौलाले सम्मानित व्यक्तित्व ढकाल र उपन्यासकार पन्तलाई बधाई दिँदै अनेसासमा सही व्यक्तिको छनोट गर्ने जिम्मा आजीवन सदस्यहरूको हातमा आएको बताइन्। महासचिवको उम्मेद्वारी दिएकी निरौलाले अनेसासको सचिवमा बसेर बटुलेको अनुभवलाई आगामी दिनमा अनेसासकै राम्रो कार्यमा लगाउने बताएन्।
भानुभक्तको फोटोमा माल्यार्पणसंगै सुरू भएको कार्यक्रममा प्रधान संपादक ईश्वरी भट्टले स्वागत गरेका थिए भने महेश्वर पन्तले आफ्ना लेखाइ र समसामयिक विषयहरूमा भनाइ राखेका थिए।
सम्मानित व्यक्तित्व प्रभुराज ढकालले सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै आफ्ना सांगीतिक कोसेली पस्केका थिए।
च्याप्टरका अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख अनेसास बोष्टनको अध्यक्ष दीपा राई पुन , अनुशाह, अनेसासका पूर्व केन्द्रीय सदस्य अग्नि पराजुली, सिर्जना शर्मा, मोहन निरौला, प्रेमसागर खतिवडा, माधव गुरूङ, लव अधिकारी, दीक्षा थापा, पत्रकार प्रभात भट्टराई, मैया ढुंगाना, खड्ग गुरूङ, एनएचएनसीका भेषराज शर्मा, कृष्ण चापागाईं, रिता चापागाईं, शारदा भट्टलगाएतका साहित्यकार, अनेसासका आजीवन सदस्य एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले सिर्जना वाचन गर्नुका साथै सहभागिता जनाएका थिए ।
च्याप्टरका सचिव नन्द शर्माद्वारा संचालित उक्त कार्यक्रमको सभापन सभापति हरिमाया अधिकारीद्वारा गरिएको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 20 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 44 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 1 hour ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।