गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने स्वास्थ्यमन्त्री ढकालको भनाई

  • बुधबार, २१ जेष्ठ, २०७७
  • 4 months ago
  • नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने बताएका छन् । बुधबार चु जी फाउण्डेशनले उपलब्ध गराइएका भेन्टिलेटरसहितका सामग्री बुझ्दै मन्त्री ढकालले उक्त कुरा बताएका हुन् ।

 

नेपालमा पछिल्लो समय संक्रमितको दर बढेको कारणले गर्दा अतिसंवेदनशिल बिरामीलाई मात्रै अस्पतालमा उपचार गरिने उनको भनाई छ । उनले भने, ‘सामान्य लक्षणसमेत देखा नपरेका संक्रमितलाई क्‍वारेन्टाइन वा आइसोलेसन सेन्टरमा उपचार गर्छौं।’ 

 

मंगलबार संक्रमितको संख्या २ हजार नाघेको छ । तर, यस अवस्थासम्म पनि कतिपय संक्रमितहरुले सेवा नपाइरहेको समाचार सुनिएको छ । प्रभावकारी नमानिएको आरडीटी विधिको परीक्षण रोकिएको छैन ।

 

बुधबार अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० वटा भेन्टिलेटर सहयोग गरेको छ। कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण भएका विरामीहरुको उपचारका लागि सहयोग पुर्‍याउने उद्देश्यसहित चु जी फाउण्डेशन ले हेल्थ इन्भायोरोमेन्ट एण्ड काइभेट एक्सन फाउन्डेशन ‘हेकाफ ३६०’ मार्फत सरकारलाई ३० वटा जीवनरक्षक भेन्टिलेटर उपलब्ध गराएको हो ।  यसबाहेक पिपिई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लास लगायतका अत्यावस्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले बताए। 

 

उनले कुल १ करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको बताए।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • 4 minutes ago
भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ ।

हुम्लीको दशैँ महँगो

  • 9 minutes ago
हुम्लीको दशैँ महँगो

सिमकोट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ ।

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

  • 1 hour ago
जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।