स्वास्थ्यमन्त्री ढकालको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ

  • मंगलबार, १३ जेष्ठ, २०७७
  • 5 months ago
  • नेपाल

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । मन्त्री ढकालले कोरोना संक्रमितसँग भेट गरेपछि मन्त्री ढकालको स्वाव परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

 

कोरोना संक्रमित दुईजनासँग भेट गरेपछि मन्त्री ढकालको आइतबार स्वाव निकालेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले बताए। मन्त्री ढकालले बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकी मकवानपुरकी ५४ वर्षीय महिलालाई भेटेका थिए ।

 

त्रिवि अस्पतालमा रहेकी ती बिरामीलाई कोरोना पोजिटिभ देखिएपछि मन्त्री ढकालको आइतबार पुनः नमूना लिई परीक्षण गरिएको हो।

 

मुटुसम्बन्धी उपचार गर्न त्रिवि अस्पताल भर्ना गरिएकी महिलालाई बिहीबार अस्पताल पुगेर मन्त्री ढकालले भेट गरेका थिए।

 

यस्तै रुपन्देही र कपिलबस्तुमा कन्ट्याक्ट ट्रेसिङ गर्न गएका एक डाक्टरमा पनि कोरोना पोजिटिभ देखिएको थियो। मन्त्रालयमा भएको सो छलफलमा पनि मन्त्री र डाक्टर दुवै सहभागी थिए।

 

यसअघि सबै सांसदको कोरोना परीक्षण गर्दा मन्त्रीको पनि गरिएको थियो। त्यसबेला पनि उनमा कुनै संक्रमण देखिएको थिएन।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • 1 hour ago
भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ ।

हुम्लीको दशैँ महँगो

  • 1 hour ago
हुम्लीको दशैँ महँगो

सिमकोट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ ।

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

  • 2 hours ago
जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।