Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKटाइटानिकको भग्नावशेष हेर्न गएका बेलायती अर्बपतिसहित धेरै सेलिब्रेटीहरू बेपत्ता

टाइटानिकको भग्नावशेष हेर्न गएका बेलायती अर्बपतिसहित धेरै सेलिब्रेटीहरू बेपत्ता


एजेन्सी । टाइटानिकको भग्नावशेष हेर्न यात्रुहरु सवार पनडुब्बी एट्लान्टिक महासागरमा बेपत्ता भएको छ ।

बोस्टन कोस्टगार्डले न्यूफाउन्डल्याण्डको तटमा खोजी र उद्धार कार्य जारी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

स्काई न्यूजका अनुसार बेलायती अर्बपति हामिश हार्डिङ, फ्रान्सेली पनडुब्बी पाइलट पल–हेनरी नार्गोलेट र ओसेन्गेट एक्सपिडिसनका प्रमुख कार्यकारी र संस्थापक स्टकटन रश सबै बेपत्ता भएका छन्।

जहाजमा जम्मा कति जना सवार थिए भन्ने खुलाइएको छैन तर पनडुब्बीको क्षमता पाँच जना रहेको बताइएको छ ।

टाइटानिकको भग्नावशेष सन् १९८५ मा समुन्द्रमा फेला परेको थियो ।

त्यसपछि यस विषयमा अनुसन्धान भएको थियो । साना पनडुब्बीहरूले कहिलेकाहीं पर्यटकहरूलाई समुद्रको सतहबाट ३८०० मिटर तल रहेको टाइटानिकको भग्नावशेष हेर्न लैजान्छन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT