गलेश्वरधाममा भक्तजनको ओइरो

  • मंगलबार, २९ साउन, २०७५
  • 2 years ago
  • नेपाल

बेनी ।  यहाँको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् । 

 

बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउन महिनाको चार सोमबारका दिन भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो । साउनको अन्तिम सोमबार ३० हजारभन्दा बढी भक्तजनले गलेश्वरमा पूजा गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । 

 

“बर्सेनि भक्तजनको सङ्ख्या बढ्दै गएको छ,” उनले भने । शालीग्राम पाइने कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफल रहेको गलेश्वरधाममा पूजापाठ गर्न म्याग्दीसँगै बागलुङ, पर्वत, कास्कीलगायत जिल्लाबाट भक्तजन आएका थिए । साउनको तेस्रो सोमबारसम्म रु नौ लाख भेटी सङ्कलन भएको छ । 

 

गलेश्वर शिवालयको दर्शन तथा पूजापाठ गरेर १०८ शिवलिङ्गमा कालीगण्डकीको जल अर्पण गरेमा सुख, शान्ति, ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

 

धार्मिक गन्थ्रमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ । कालीगण्डकी किनारमा चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । 

 

विशेषगरी बिवाहित महिला पारिवारिक सुख तथा अबिबाहित महिला राम्रो बर पाइयोस भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी ब्रत बस्ने चलन छ । गलेश्वर मन्दिरमा साउनको सोमबार, बाला चतुर्दशी र शिवरात्रीमा विशेष मेला लाग्छ । 

 

मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको गलेश्वरमा भक्तजनबाट सङ्कलन हुने भेटीलाई शिवालय क्षेत्र विकास कोषले सार्वजनिक गर्दै आएको छ । सङ्कलन भएको भेटी गलेश्वरको पूर्वाधार निर्माण र सामाजिक कार्यमा खर्च गरिँदै आएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सांसद् किनबेचको खेल पुनः हुन थालेपछि प्रतिनिधिसभा विघटन भयोः प्रधानमन्त्री ओली

  • 13 minutes ago
सांसद् किनबेचको खेल पुनः हुन थालेपछि प्रतिनिधिसभा विघटन भयोः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट

तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी

  • 18 minutes ago
तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी

काठमाडौँ । नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित

चितवनमा एकै दिन २५ फरार अभियुक्त पक्राउ

  • 22 minutes ago
चितवनमा एकै दिन २५ फरार अभियुक्त पक्राउ

चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसा



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।