Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने

बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने


काठमाडौँ। बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ। नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन खुलइएको हो।

नगरपालिकाले खुलाएको आवेदनमा नगरभित्र कार्यरत योग्यता र क्षमता भएका शिक्षक शिक्षिकालाई आवेदन दिन आह्वान गरेको छ। त्यसका लागि आवेदकले आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताए।

प्रतिस्पर्धाका आधारमा छनोट गर्दा क्षमता भएका प्रधानाध्यापकले विद्यालयमा नेतृत्व होस् र अब्बल तरिकाले विद्यालयको नेतृत्व हुनुपर्छ भनेर नगरपालिकाले यस्तो तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईको भनाइ छ।

यसअघि प्रावि र निमावि तहका प्रधानाध्यापक पनि लामो समयको अनुभव तथा जेष्ठताका आधारमा मावि तहसम्मका प्रअ हुने खालका परम्पराको अन्त्य गर्दै क्षमतावान शिक्षक छनोट गर्न र विद्यालयलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन आवेदन खुलाएको उनले बताए।

आवेदक सबैले कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने आवेदनमा जनाइएको छ।

बूढानीलकण्ठभित्र ११ मावि, पाँच आधारभूत र तीन प्रावि गरी कूल १९ सामुदायिक विद्यालय छन्। उम्मेदवारले आवश्यक कागजातका साथ नगरपालिकाको कार्यलयमा आफैँ उपस्थित भई शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउन अनुरोध गरिएको छ। अवेदन फाराम एक प्रति, नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, सुरु स्थायी नियुक्तिदेखि हालसम्मको नियुक्तिपत्रको प्रतिलिपि आफूले अध्यापन गरेको विषयमा पछिल्लो तीन वर्षको नतिजा सिटको प्रतिलिपि र मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्तावसमेत पेस गर्नुपर्ने जनाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक पर्छ ’

काठमाडौँ । पछिल्लो समय डेङ्गु सङ्क्रमण जनस्वास्थ्यका रुपमा देखा पर्न थालेको छ । नेपालको केही वर्षको तथ्याङ्कले पनि डेङ्गु महामारीका

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार

लागुऔषध कोकिन सहित ठमेलबाट २ ब्राजिलियन पक्राउ

काठमाडौँ । ठमेलबाट लागुऔषध कोकिनसहित २ जना ब्राजिलियन नागरिक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका १७ ठमेलस्थित एक होटलबाट ब्राजिलियन

बागमतीका मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । फागुन २३ गते नेपाली

दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव

काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना

Techie IT