प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीद्वारा कुपण्डोलको खोप केन्द्र अनुगमन

तस्बिरः प्रधानमन्त्री देउवाको ट्वीटर एकाउन्टबाट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको अनुगमन गरेका छन् । 

 

मुलुकमा फैलिइरहेको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्री देउवाका साथै राजदूत बेरीले उक्त खोप केन्द्रको निरीक्षण एवं अनुगमन गरेका हुन् ।

 

सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्री देउवालाई आफूले यहाँका २९ वटै वडामा खोप लगाउने गरिएको जानकारी गराए । 

 

प्रधानमन्त्री देउवाले आज काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रको स्थलगत अनुगमन गर्ने क्रममा ललितपुरमा रहेका छ पालिकामध्ये महानगरपालिका–१ को केन्द्रको अनुगमन गरेका हुन् । सोही क्रममा महानगरपालिकाका प्रमुख महर्जनका साथै उपप्रमुख गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला र जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालको उपस्थिति रहेको थियो । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 1 hour ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 2 hours ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 2 hours ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।