'जनताको न्यायका लागि सङ्घर्ष गर्ने प्रतिवद्धता'

Norvic Hospital

ब्रसेल्स । क्याटलोनियाका पूर्व प्रमुख नेता काल्र्स पुज्डमोन जर्मनीबाट रिहा भई बेल्जियम पुगे लगत्तै आफूले ‘क्याटलोनियाली जनताको न्यायको पक्षमा सङ्घर्ष गरिरहने’ शनिबार बताएका छन् । 

 

स्पेनी केन्द्र सरकारको अनुरोधमा जर्मनीमा चार महिनासम्म जेल जीवन विताएका क्याटोलोनियाली पूर्व नेताले क्याटलोनियाली प्रतिनिधिमण्डलसँगको कुराकानीमा बताए, “यो मेरो सङ्घर्षको अन्त्य होइन । म मेरो महादेशको अन्तिम छेउसम्म क्याटलोनियाली जनताको न्यायको आवाज बोकेर अनवरत सङ्घर्ष गरिरहनेछु ।” 

 

स्पेनी अदालतले पुज्डमोनमाथि लगाएको यूरोपेली पक्राउ आदेशलाई खारेज गरिदिएपछि यसै हप्ता ब्रसेल्स पुगेको बताउँदै क्याटलोनियाली पूर्व नेताले भने, “मेरो राजनीतिक गतिविधि बेल्जियममा केन्द्रित रहनेछ र पक्कै पनि मेरो लक्ष्य भनेको क्याटलोनियाली जनताद्वारा गतबर्ष जनमतसङ्ग्रहबाट दिएको क्याटलोनियाको स्वतन्त्रताका लागि जनमतलाई पूरा गर्नमा केन्द्रित हुनेछ ।” 

 

नेता पुज्डमोन क्याटलोनियाका आफ्ना उत्तराधिकारी क्वीम टोराले आयोजना गरेको पत्रकार सम्मेलनमा अझै पनि आफू क्याटलोनिया क्षेत्रको वैध सरकार प्रमुख भएको दावी गरे । 

 

पुज्डमोनले प्रसिद्ध फ्रेञ्च शासक नेपोलियनलाई यूरोपेली शक्तिहरूको एकताका कारण सन् १८१५ मा पराजित गरिएको स्थान वाटरलुमा शनिबार अपरान्ह् पुगी क्याटलोनियाली जनताको मुक्तिका लागि प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रम रहेको छ । 

 

वाटरलुमा पुगेर ५५ वर्षीय क्याटलोनियाली पूर्व नेता पुज्डमोनले गणतान्त्रिक परिषद्को गठन गर्ने तयारी रहेको छ । परिषद्लाई क्याटलोनियाको स्वतन्त्रताको लागि सङ्घर्ष गर्ने मोर्चाका रूपमा अघि बढाउने उनले बताए । 

 

उनले स्थानीय अधिकारी रहेको एउटा सभाको गठन गरी क्याटलोनियाली क्षेत्रीय सरकारको समानान्तर शक्तिका रूपमा काम गर्ने पनि सम्मेलनमा घोषणा गरे । 

 

गत बर्षको अक्टोबरमा क्याटलोनियालाई स्पेनबाट पृथक बनाउने असफल प्रयास गरेको भन्दै केन्द्र सरकारको निर्देशनमा क्याटलोनियाली सरकार प्रमुखबाट बर्खास्त गरिएका पुज्डमोन आफ्ना केही सहयोगीसहित बर्खास्त भएको केही दिनभित्र ब्रसेल्स पुगेका थिए । 

 

उनलाई पछि फिनल्याण्डबाट ब्रसेल्स पर्किने क्रममा जर्मनीमा पक्राउ गरिएको थियो । तर स्पेनले भनेजस्तो राजद्रोहको अभियोग लगाउन जर्मनीको अदालतले नमानेको र सामान्य भ्रष्टाचार आरोपमा सुपुदर्गी गर्ने बताएको थियो । 

 

उनीमाथिको अन्तराष्ट्रिय पक्राउ आदेशलाई स्पेनी अदालतद्वारा खारेज गरेपछि उनको रिहाई भएको र हाल ब्रसेल्स पुगेका हुन् । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 6 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।