आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित भएनः बेदुराम भुसाल
- मंगलबार, २ आषाढ, २०७७
- 8 months ago
- राजनीति
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफल गर्दै भुसालले उक्त कुरा बताएका हुन् ।
सदस्य भुसालले देश निर्माणमा योगदान पुर्याउने नेताहरुलाई अपमान गरेको बताएका छन् । उनले सांस्कृतिक रुपान्तरणको कुनैपनि कार्यक्रम बजेटमा नआएको र देशको परिवर्तनका लागि लडेका नेताहरुको स्मृतिमा सञ्चालन गरेका कार्यक्रमलाई बजेट नदिएर नेताहरुको अपमान गरेको बताए ।
उनले बजेटको सुरुमा नेताहरुको सम्मान गर्छु भन्ने तर तिनै नेताहरुको सम्मानमा सञ्चालन गरिएका कार्यक्रमहरु रोकेर अपमान गरिएको बताए ।
सांस्कृतिकतर्फ मन्दिरको संरक्षण गर्ने बाहेक अरु कुनै पनि कार्यक्रम नराखेको भुसालले बताए । उनले विद्यालय निर्माणको काम गर्न कहिंकतै बजेट नछुट्याइएको तर, मन्दिर बनाउन बजेट विनियोजन गरेको बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु
- 9 minutes ago

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट
- 12 minutes ago

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने
- 15 minutes ago

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बना
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।