बीसीसी यूकेको अध्यक्षमा धर्म तामाङ निर्विरोध निर्वाचित

  • सोमबार, १७ फागुन, २०७७
  • 1 month ago
  • युके

लण्डन । द बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको अध्यक्षमा धर्म तामाङ निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न साधारणसभाले धर्म तामाङको अध्यक्षतामा चौंथो कार्यसमिति चयन गरेको हो ।

 

नयाँ कार्यसमितिको उपाध्यक्षमा हर्कबहादुर गुरुङ र आङ्ग दावा शेर्पा, महासचिवमा रोबिन गुरुङ, सचिवमा डा. नावाङ्ग शेर्पा, कोषाध्यक्षमा मेजर हितमान गुरुङ, सहकोषाध्यक्षमा पूर्णिमा गुरुङ, धर्म निर्देशकमा खेन्पो छेवाङ्ग, पुजा संयोजकमा आइबहादुर गुरुङ, मिडिया सेक्रेटरीमा एसके गुरुङ, असिस्टेन्ट पब्लिक रिलेशन अफिसरमा जोय क्याम्पबेल, सदस्यहरुमा रिन्जी लामा शेर्पा र शान्ति शेर्पा चयन भएका छन् ।

 

त्यस्तै, बिसीसी यूकेको आमा समूहकी आमा प्रमुखमा उर्मिला गुरुङ चयन भएकी छिन् । बिसीसी यूकेका सल्लाहकार एवं निर्वाचन मण्डलका संयोजक मेजर खुशीमान गुरुङले चौंथो कार्यसमितिका लागि उम्मेदवारी दिएका पदाधिकारी एवं सदस्यहरुको नामावली प्रस्तुत् गर्दै निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । आमा समूहको उपप्रमुखमा जगना गुरुङ, सचिवमा शारदा गुरुङ, सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा चन्द्रकुमारी गुरुङ, सहकोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यहरुमा दिलु गुरुङ, यान्जी गुरुङ, अमृता गुरुङ, मनमाया गुरुङ, रेखा गुरुङ र प्रेमा गुरु चयन भएकी छिन् । 

 

पदाधिकारी एवं सदस्यहरुको नामावली

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

  • 8 minutes ago
इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् ।

नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

  • 12 minutes ago
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

एजेन्सी । नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २।७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा

ओली र नेपालको भेटवार्ता सकियो

  • 14 minutes ago
ओली र नेपालको भेटवार्ता सकियो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नक्सालस्थित मेरियट होटलमा भएको दोस्रो दिनको वार्ता सकिएको हो ।



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।