बतासे झर्ना हेर्न आन्तरिक पर्यटककाे भिड

प्रतिकात्मक तस्बिर

शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै कमी आउन सकेको छैन । दैनिक झर्ना अवलोकन र झर्नाको पानीमा नुहाउनेको सङ्ख्या थपिँदै जादा कोरोनाको जोखिम उत्तिकै बढेको छ । 

 

 

दैनिक झर्ना अवलोकनका लागि २०० देखि ६०० बढी आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन । शनिबारलगायत बिदाका दिन झर्ना क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिएको हुन्छ । झर्ना अवलोकन गर्न आउनेका कारण निकै भीड हुन थालेपछि वडा कार्यालयले झर्ना जानमा केही दिनका लागि रोक लगाए पनि चोरी छिपी झर्ना पुग्नेको सङ्ख्यामा कमी आउन नसकेको वडा अध्यक्ष बहादुर महराले बताए । उनले भने, “अझै पनि झर्ना जानमा अनुमति दिएका छैनौँ, तैपनि जोखिम मोल्दै झर्ना पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या घटन सकेको छैन ।”

 

 उनका अनुसार झर्ना पुग्नेमा युवा नैै बढी छन् । कोरोना भाइरसको सङ्क्रमणबारे झर्ना अवलोकनका लागि आउने पर्यटकलाई सचेत पार्ने कार्यसमेत भइरहेको उनको भनाइ छ । पहाडको माथिबाट झर्दै गरेको निश्चल पानीको अद्भूत दृश्य नियाल्नकै लागि जोखिमको बेवास्ता गर्दै पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।  

 

असहज बाटो छिचोल्दै आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर झर्नाको चिसो पानीमा नुहाउँदै तराईको गर्मीलाई बिर्सनका लागि यहाँ पुग्ने गरेका छन् । चराको चिरविर आवाज सुन्दै झर्ना भएको ठाउँमा हिँड्दै गरेका बेला नजिकैबाट जङ्गली जनावर उफ्रिँदै हिँडेको दृश्य देख्न सकिन्छ । वडा कार्यालयले धारापानी गाउँसम्म झर्ना पुग्नका लागि  सडकको ट्रयाक खोलेको छ । चालू आवमा सडक कालोपत्रेको कार्यलाई अगाडि बढाइएको छ । पूर्व पश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँसम्म मोटरसाइकललगायत सवारीसाधनमा चढेर सहज रुपमा पुग्न सकिन्छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

  • 3 minutes ago
ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

एजेन्सी । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ ।

अफगानिस्तानमा डरलाग्दो आत्मघाती बम आक्रमण, २६ जना सुरक्षाकर्मीको मृत्यु

  • 10 minutes ago
अफगानिस्तानमा डरलाग्दो आत्मघाती बम आक्रमण, २६ जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

तनहुँसुर दरबार

  • 17 minutes ago
तनहुँसुर दरबार

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक स्थल तनहुँसुरमा रहेको दरबार । तनहुँसुर सेनवंशी राजाले शासन गरेको ठाउँ हो । तस्बिरः कृष्ण न्यौपाने÷ रासस



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।