'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताएका छन् ।

 

राष्ट्रिय युवासङ्घ नेपालको पहिलो पूर्ण बैठकमा आज उनले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गरे।

 

प्रतिनिधिसभा सदस्य बस्नेतले भने,, “सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार बन्ने अवस्था नभए पुनः निर्वाचनको मिति तय गर्दै ताजा जनादेशमा जान्छ र तेस्रो, नेकपाकै एक समूहले आत्मघाती कदम चाल्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न सक्नेछन्।”

 

पूर्वमन्त्री बस्नेतले कुर्सी र सत्ता स्वार्थका लागि मात्र केही नेताहरु प्रयोग भएकाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशमार्फत मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन खोजेपनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिँदा राजनीतिक सङ्कट आएको बताए ।

 

युवा सङ्घका इञ्चार्ज बस्नेतले प्रधानमन्त्री ओलीकै वरिपरि अबको दशौँ वर्ष नेपालको राजनीति घुम्ने दाबी गर्दै नेपालको राजनीतिको मिसन र भिजन ओलीको वरिपरि घुमिरहेको जिकिर गरे।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसद्मा करीब ६४ प्रतिशतभन्दा बढी मतसहित झण्डै दुई तिहाइको नेतृत्व नेकपाका अध्यक्ष ओलीसँगै रहेको चर्चा गर्दैै उहाँले संसद्बाट अर्को सरकार बन्न कठिन रहेको दाबी गरे ।

 

संसदीय दलको निर्विरोध नेताका रुपमा समेत प्रधानमन्त्री ओली नै रहेको स्पष्ट पार्दै उनले पार्टी औपचारिक विभाजन नभएकाले नयाँ सरकार बन्ने अवस्था नरहेको भनाइ राखे ।

 

उनले किस्तीमा राखेर प्रधानमन्त्री कांग्रेस वा जसपाका नेतालाई सुम्पिए प्रचण्ड–नेपाललाई कम्युनिष्ट इतिहासले कहिल्यै माफी नगर्ने पनि टिप्पणी गरे ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 5 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 6 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 6 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।