बेनीमा एक महिनाअघि सुरु भएको बर्खेनाचको समापन गरियो

बेनी । बेनी बजारमा एक महिनाअघि सुरु भएको बर्खेनाचको समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको साउन महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तीज पर्वका दिनसम्म देखाउने गरिन्छ । 

 

बेनीको गणेश मन्दिरमा धार्मिक विधिअनुसार कृष्णद्वारा घण्टाकर्ण नामको राक्षसको प्रतीकको बध गरी समापन गरिएको हो ।

 

‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेका थिए । बेनीमा नेवार समुदायको बसोबास रहेदेखि नै बर्खेनाच देखाउने चलन रहेको नेपाल भाषा मंकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । परापूर्वकालमा समाजलाई दुःख दिएको घण्टाकर्ण नामको राक्षसको स्थानीयवासीले बध गरेपछि साक्षसकी पत्नीले पतिवियोगमा देखाएको चरित्रलाई बर्खेनाचमा कलात्मकरूपमा प्रस्तुत गरिन्छ ।

 

बर्खेनाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागिनी, रोपाइँ र जोगीनाच देखाउने गरिन्छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष र यसपालि बर्खेनाचलाई औपचारिकतामा मात्र सीमित गरिएको ल्यामःपुच म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताए । “घण्टाकर्णको प्रतीक सेलाउने, गाईजात्राका दिन दिवङ्गतहरुको स्मृतिमा लक्ष्मीनारायण मन्दिर परिसरमा तायमचा देखाउने र कृष्ण मन्दिरमा घण्टाकर्णको बध गर्ने कार्यक्रम मात्र भयो”, उनले भने, “विभिन्न नृत्यसहित बजार परिक्रमा गरिएन, परम्परालाई निरन्तरता र संस्कृति जोगाउन औपचारिकतामा मात्र सीमित बनायौँ ।”

 

बेनीमा बसोबास सुरु भएदेखि नै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । उक्त नाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी भएको सन्देशसहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताए । नाचमा पछिल्लो समय यहाँका युवाले सक्रिय सहभागिता जनाउने गरेका छन् । बर्खेनाचका लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

  • 1 minute ago
क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो । कोरोना महामारीबीच अब

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 34 minutes ago
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 43 minutes ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।