बर्दिबास अस्पतालः सेवा विस्तारले जगायो उपचार पाउने आश

Global IME
Norvic Hospital

बर्दिबास । सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको हो । 

 

बर्दिबास अस्पतालले बुधबारमात्रै विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको सेवा थपेको छ । अस्पतालले जनरल ओपिडी सेवा, इमर्जेन्सी सेवा र प्रसूति तथा महिला रोग सेवा दिँदै आएको थियो । यी सेवामा जनशक्ति अभावले उपचार प्रभावित हुँदै आएको थियो । अब बर्दिबास नगरपालिकाले दक्ष जनशक्ति थप गर्दै हाडजोर्नी तथा नसा रोग, शल्यक्रिया, नवजात शिशु स्याहार, दाँत, मुख तथा गिँजासम्बन्धी समस्या, ल्याब, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, स्वास्थ्य बीमासहितको सेवा विस्तार गरेको छ । 

 

अस्पतालले ज्येष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा, परिवार नियोजन, सुरक्षित गर्भपतन, किशोर–किशोरी, क्षयरोग उपचार, परामर्श तथा प्रेषण, सम्पूर्ण शरीरको जाँचसहितका सुविधा बढाएर नियमित गर्न लागेको छ । “अस्पतालका सेवा गुणस्तरीय र नियमित बनाउने भएपछि आफ्नै ठाउँमा उपचार गर्न सहज हुने आश जगाएको छ”, बुद्धचोकका उमेश आचार्य भन्छन् । 

 

बर्दिबास नगरपालिका, अस्पताल व्यवस्थापन समिति र समुदायको राम्रो साथ रहेकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णा महर्जन बताउनुहुन्छ । अस्पतालले अत्यावश्यक सेवा थपेर सोअनुसारको भौतिक र दक्ष जनशक्तिको व्यवस्थापन गरेपछि यस भेगमा सर्वसुलभ उपचार सेवा पाउने आश बढेको छ । 

 

“साना–तिना स्वास्थ्य समस्यामा पनि पैसाकै अभावले उपचार गराउन नसकिने अवस्था अब रहने छैन”, बर्दिबास–२ की पवित्रा खड्का भन्नुहुन्छ, “सुत्केरी हुने, गराउने बेला महँगा निजी अस्पतालमा पुग्नु नपरे पनि ठूलो राहत हुनेछ ।” अस्पतालले घोषणा गरेर प्रारम्भ गरेको सेवाले यो ठाउँ अब  बर्दिबास नगर क्षेत्रमात्र नभएर छिमेकका भङ्गाहा, औरही र गौशाला नगर क्षेत्रसँगै छिमेकी जिल्ला धनुषाका मिथिला, सर्लाहीका ईश्वरपुर एवं लालबन्दी एवं सिन्धुलीका कमलामाई तथा दुधौली नगरपालिकासम्मका सेवाग्राहीका लागि भरपर्दो  उपचार केन्द्र बन्ने विश्वास गरिएको छ । 

 

धनुषाको मिथिला, सर्लाहीका ईश्वरपुर र लालबन्दी तथा सिन्धुलीका कमलामाई र दुधौली बर्दिबास नगरपालिकासँग जोडिएका नगरपालिका हुन् । बर्दिबास नगरपालिकाले सेवासँगै अस्पतालको भौतिक संरचना पनि बढाउँदै लगेको छ । अस्पताल भवनमा यसअघि ५२ कोठा थिए । अब सेवा विस्तारसँगै कोठा थप्न थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ । पचास शय्याको अस्पतालमा अहिले चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी र परिचारिकासमेत गरी ८३ जना कार्यरत छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

  • 1 minute ago
शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ। आज सोमवार शेयर बजारमा दोहोरो अङ्कले वृद्धि भएको छ। शेयर बजार परिसूचक नेप्से आज २२.६५ अङ्कले बढेर १ हजार ९४९.०६ विन्दुमा पुगेको छ। बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ। २५८

विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन

  • 3 minutes ago
विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् ।

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’

  • 19 minutes ago
‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याएका छन् ।



पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।