'अब ट्रम्पको विकल्प बाइडेन हुन्'

एजेन्सी ।  अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउदै उनले ट्रम्पलाई अव बिदा गर्नु पर्नेमा जोड दिए । 

 

पूर्व राष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउन समेत सवैलाई अपिल गरे । डेमोक्र्याट तर्फका उम्मेदवारहरुलाई समर्थन जनाउदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा हाम फालेका ओबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई पनि मतदान गर्न अनुरोध गरेका छन् । 

 

बाइडेन र ह्यारिसको समूहप्रति लक्षित गर्दै ओबामाले भने, “उहाँहरुप्रति देशको आर्थिक सुधार र कोरोनाभाइरसको महामारी व्यवस्थापनको राम्रो योजना छ, उहाँहरुसँग क्षमता पनि छ, त्यसैले तपाई हामी सवैले उहाँहरुलाई जिताउनु पर्छ ।”

 

उनले बाइडेन र ह्यारिसको समूहले मुलुकलाई राम्रो बनाउने र नेतृत्व दिनसक्ने दाबी समेत मतदाताहरु समक्ष गरे । अमेरिकामा आगामी नोभेम्बर ३ मा निर्वाचन हुन लागेको छ भने राष्ट्रपति पदका लागि ट्रम्प र बाइडेन चुनाबी मैदानमा छन् । 

 

मतदानको दिन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारका गतिविधिहरु तिव्र भएका छन् भने सभा तथा ¥यालीहरु धेरै ठाउँमा आयोजना गरिएका छन् । बुधबार आयोजित एक ¥यालीलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति ओबामाले ट्रम्पको अहिलेको कार्यकाल बेकारमा गएको र आगामी चार बर्ष फेरी खेर फाल्न नहुने टिप्प्णी गरे । 

 

राष्ट्रपति कार्यालयले जनता जोगाउन, आर्थिक क्षति न्युनिकरण गर्न धेरै काम गर्न सक्ने हुदाँ हुदै पनि नगरेको उनको भनाई थियो । अहिलेका राष्ट्रपति ट्रम्पले अविश्वासीला कुरा र व्यवहार मात्रै गरेको र जिम्मेबार हुन नसकेको पनि ओबामाले आरोप लगाए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 6 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 6 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 6 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।