इन्टरनेट सेवामा समस्या देखिएपछि म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प

म्याग्दी । इन्टरनेट सेवामा समस्या देखिएपछि म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प भएको छ । 

 

पर्वतमा पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीमा सरकारी कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा ठप्प बनेको हो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको विभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।  

 

सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर पहिराले चुँडाएकाले इन्टरनेटको सहायताले प्रदान गरिने सेवा ठप्प बनेको हो । मेघा बैंकको बेनी शाखाका प्रबन्धक कुमार ढुङ्गानाले पहिराका कारण सर्भर र इन्टरनेटको सम्पर्क विच्छेद भएकाले सेवा ठप्प भएको बताए । 

 

चेक, विद्युतीय माध्यम र एटिएममार्फत हुने भुक्तानी, बचतको काम नहुँदा सर्वसाधारण, व्यवसायीलाई आर्थिक कारोवारमा समस्या भएको छ । जिल्ला प्रशासन, मालपोतलगायत अन्य सरकारी कार्यालयको सेवा पनि सर्वरको समस्याका कारण ठप्प भएको कर्मचारीले बताएका छन् । म्याग्दीमा विभिन्न बैंकका ३० भन्दा बढी शाखा छन् । 

 

नेपाल टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले पहिराले क्षति पु¥याएको फाइबरमर्मत गरेर आज साँझसम्म इन्टरनेट सेवा सूचारु गराउन प्रयास भइरहेको बताए । बिहीबार रातिदेखि म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वत जिल्लामा सडक, सञ्चार र विद्युत् सम्पर्क विच्छेद भएको थियो । 

 

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाका अनुसार पर्वतस्थित मोदी र तल्लो मोदी जलविद्युत् आयोजनाको बीचमा रहेको १३२ केभी क्षमताको टावर ढलेपछि अवरुद्ध बनेको विद्युत् सुविधा वैकल्पिक पोल बनाएर आपूर्ति गराउन थालिएको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला, १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन् । 

 

म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङलाई गण्डकी प्रदेशको राजधानी पोखरा हुँदै काठमाडौँलगायत देशका विभिन्न सहर जोड्ने मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक शुक्रबारदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धौलागिरि क्षेत्र बाहिरका अस्पतालमा पु¥याउन हेलिकप्टर चार्टर गरेका छन् । पहिरोमा परेर पर्वतमा १० जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 9 minutes ago
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 18 minutes ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका

इन्द्रदहमा मेला

  • 1 hour ago
इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दह



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।