बंगलादेशमा निरन्तर वर्षा र बाढी, १०० जनाभन्दा बढीको मृत्यु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

 

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ ।

 

अधिकारीहरुले दिएको समाचारमा गएको मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो ।

 

यहाँका कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी छ । यहाँ बाढीले ल्याएका सर्पले टोकेर, चट्यांग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ ।

 

बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएका बताइएको छ ।

 

बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ ।

 

अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ । यसका कारण मानिसहरुलाई कैयौँ जिल्लामा आवत जावत गर्न पनि कठिन भएको पाइएको छ ।

 

त्यस्तै बिजुली र खानेपानीका संरचनाहरु पनि बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।

 

यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएका छन्।

 

उनले यस्तो आपतका समयमा सहयोग गर्न सबै नागरिकलाई आग्रह पनि गरेका छन् । बंगलादशेका उत्तरी र उत्तरपूर्वी क्षेत्रका कैयौँ जिल्लामा बाढी आएको हो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?

  • 10 hours ago
रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?

हेटौँडा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालयहरू राखिएकोमा आपत्ति जनाएका छन्। शुक्रवार आयोजित बाग्मती प्

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

  • 11 hours ago
राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

काठमाडौँ। राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका राजपुत पक्राउ परेकी छिन्। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी उनलाई

विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

  • 11 hours ago
विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

एजेन्सी । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।