विद्यार्थी आन्दोलनपछि बङ्गलादेशमा सडक यातायात कानून बन्यो
- रासस/सिन्ह्वा
- मंगलबार, २२ साउन, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

ढाका । सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ ।
ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानूनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो ।
प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले कानूनको मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले जानकारी दिए ।
प्रस्तावित कानूनको मस्यौदामा दोषीलाई धरौटीमा छुट्न नमिल्ने र पाँच बर्षभन्दा बढी समय जेल सजाय हुने व्यवस्था गरिएको छ ।
बङ्लादेशको अहिलेको कानूनमा ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई धरौटीमा छुट्न मिल्ने र बढीमा तीन बर्ष जेल सजाय हुने व्यवस्था रहेको छ ।
सवारी चालकको लापर्वाहीका कारण आफ्ना दुई जना साथीहरूको मृत्यु भएपछि कडा कानूनको माग गर्दै बङ्लादेशमा केही दिनदेखि विद्यार्थीहरूले आन्दोलन गर्दै आइरहेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चितवनमा एकै दिन २५ फरार अभियुक्त पक्राउ
- 17 seconds ago

चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसा
मर्स्याङ्दी नदीमा माछा मार्दै
- 38 minutes ago

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति ।
बिहीबार जम्मा ५ हजार ३० परीक्षण
- 53 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।