बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । 

 

यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने भान पनि उनीहरुलाई पर्न सक्छ । तर बन्दागोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ ।

 

– बन्दामा डिनडली मिथेन, सिनिग्रिन, ल्युपेल, सल्फोरेन, इन्डोल थ्री कार्बिनल जस्ता तत्व हुन्छन् । यिनीहरुले क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् । बन्दागोभीको नियमित सेवनले खासगरी पेटको अल्सर तथा क्यान्सरको जोखिम कम गर्छ । 

 

– बन्दाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्छ । बन्दामा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । जिउमा गाँठागुठी देखिने, जोर्नी तथा अन्य भाग दुख्ने र सुन्निने जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने बन्दागोभी नियमित खाने गर्नुस् ।

 

– विज्ञहरुका अनुसार बन्दाको नियमित भोजनले आँखाका विभिन्न खाले समस्याका साथै मोतियाविन्दु तथा रतन्धोको जोखिम पनि कम हुन्छ । बन्दाको नियमित सेवनले अल्जाइमरको जोखिम पनि कम हुन्छ । 

 

– बन्दामा पाइने भिटामिन के का कारण अल्जाइमरको जोखिम कम हुने विज्ञहरु बताउँछन् । तौल घटाउन वा नियन्त्रण गर्न चाहनेहरुका लागि पनि बन्दा लाभदायी हुन्छ ।

 

– बन्दाको सलाद, अचार वा तरकारी नियमित खानाले अनुहारको छाला चम्किलो बन्दछ । बन्दागोभीमा ल्याक्टिक एसिड पर्याप्त मात्रामा पाइन्छ । यसका कारण मांशपेशीको दुखाइ कम गर्नुका साथै विभिन्न खाले चोट छिटो निको हुनका लागि सहयोग गर्छ । कब्जियतको समस्या छ ? त्यसो भए नियमित रुपमा बन्दागोभी खानुहोस् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 5 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 5 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 6 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।