बम दिदीबहिनी भन्छन्, ‘निर्मलाको हत्यारा पन्त परिवारले नै लुकायो’ (भिडियोसहित)
- शुक्रबार, ९ कार्तिक, २०७५
- 2 years ago
- नेपाल

कञ्चनपुर । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाले तिन महिना समय छुनै लागेको छ । यस घटनाका दोषी अझै सम्म पनि पत्ता लाग्न सकेका छैनन् ।
गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मला पन्तको शव भोलीपल्ट नजिकैको उखु बारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
घटनाको दास्रो दिन (साउन ११) गतेदेखि कञ्चनपुर अशान्त र आक्रान्त बन्दै गएको थियो यसैबीच प्रहरीको गोली लागेर सन्नी खुनाको मृत्यु भएको छ भने अन्य केहि समान्यदेखि गम्भिर घाईते भएका छन् ।
घटनामा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको भन्दै तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वर्डा इन्चार्ज प्रहरी निरिक्षक जगदिश भट्ट सेवाबाट बर्खास्त भएका छन् ।
सीआईबीका डिएसपी अंगुर जिसीसहित अनुसन्धानमा खटिएका अन्य केहि प्रहरी निलम्बित भइसकेका छन् । उनीहरुमाथि छानबिन र अनुसन्धान भइरहेको छ ।
निर्मला पन्त होमवर्क गर्न गएको घरका बम दिदीबहिनी (रोशनी बम र बबिता बम)लाई घटनामा संलग्न गरेहेको आरोप पिडित पक्षको रहेको छ । यद्यपी यसअघि नै बम दिदीबहिनीविरुद्ध थप प्रमाण फेला नपरेको भन्दै उनीहरुलाई समान्य जमानीमा रिहा गरिएको थियो ।
तर उच्च स्तरिय छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा बम दिदीबहिनीलाई फेरी अनुसन्धनको दायरामा ल्याउनुपर्ने उल्लेख गरेपछि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
बम दिदीबहिनीको घटनामा संलग्नता बारे धेरै प्रश्न उठेका बेला यसको सत्यतथ्य बुझ्न एक युट्युब च्यानल कञ्चनपुरस्थित बम दिदीबहिनको घरमै पुगेर उनीहरुसँग कुराकानी गरेको छ ।
बम दिदीबहिनीले उच्चस्तरीय छानविन समितिको प्रतिवेदन प्रति असुन्तुष्टी जनाएका छन् । आफुहरुलाई केहि कुरा पनि नसोधेरै मनगढन्ते रुपमा प्रतिवेदनमा लेखेको दाबी गरे ।
आफूहरुको यो घटनामा संलग्नता नरहेको बम दिदीबहिनीले बताएका छन् । साथै उनकी आमाले पनि छोरीहरुको संलग्नता देखिए जस्तो पनि सजायको भागिदार हुन तयार रहेको बताइन् ।
तर पनि यी विविध कारणले पिडित पक्षले शंकाको दुई बम दिदीबहिनीतिर तेस्र्याएको छ । उनीहरुलाई लागेका आरोपबारे बम दिदीबहिनीले पन्त परिवारले नै निर्मलाको हत्यारालाई लुकाएको दावी गरेका छन् ।
हेर्नुहोस् उनीहरुको भिडियो:-
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 1 hour ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 1 hour ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 1 hour ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।