प्रताप दास र स्मृति गौतमको स्वरमा कुमारीको ‘बैंश जोबन २’ सार्वजनिक
- शुक्रबार, ६ जेष्ठ, २०७९
- 1 month ago
- कला र मनोरञ्जन
काठमाडौँ। अजम्बरी प्रेम कथामा कुमारी लामाको लोक दोहोरी गीत ‘बैंश जोबन भाग २’ भर्खरै बजारमा आएको छ। गीतमा स्कुल पढ्दा देखि बसेको प्रेम प्रगाडताको भाव रहेको छ। रिमंचक स्वादमा तयार भएको गीतमा प्रताप दास र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतलाई लय रेशम थिङ्ग तयार पारेका हुन् भने शब्द रबिन लामाले भरेका छन्। कुमारी लामाको ‘बैंश जोबन भाग २’को म्युजिक भिडियोमा ख्याती प्राप्त मोडल प्रकाश तामाङ्ग राज र रुबिना अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ। यस गीतका मोडल राजले यस अघि पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो दक्षता प्रस्तुत गरिसकेका छन्।
गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन राजकुमार मगरले गरेका छन्। गीतको भिडियोलाई राम स्याङ्गतान आफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला
- 48 minutes ago

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त
- 1 hour ago

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक
सन्दीपले लंका प्रिमियर लिग खेल्ने
- 1 hour ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।