'सन्तुलित र समानुपातिक विकास गरेका छौँ'

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका बैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभयो । २९ वर्षअगाडि स्थापना भएको नगरपालिका स्रोत साधनले जिल्लाका अन्य दश पालिकाभन्दा सक्षम छ । जिल्लाको सदरमुकाममा पर्ने व्यासको नेतृत्व न्यौपानेले सम्हाल्नुभएको चार वर्ष पूरा भएको छ । यस अवधिमा नगरपालिकामा कति काम भएका छन् रु जनताको अपेक्षा पूरा भयो त रु कोरोनाको प्रभाव र विकास निर्माणको अवस्था कस्तो छ रु यसै सेरोफेरोमा रहेर रासस दमौली प्रतिनिधि कृष्ण न्यौपानेले नगरप्रमुख न्यौपानेसँग गर्नुभएको कुराकानी:

 

कोरोनाको दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिइरहेको छ । व्यास  नगरपालिकामा सङ्क्रमणको स्थिति कस्तो छ ?

 

व्यासमा सङ्क्रमण बढिरहेको छ । अहिलेसम्म करीब २५ जना सङ्क्रमित भएका छन् । हरेक हप्ताको सोमबार पिसिआर परीक्षणको व्यवस्था गरिरहेका छौँ । हाम्रो स्तरबाट गर्नुपर्ने पूर्व सावधानी अपनाइरहेका छाँै । सचेतना, सतर्कता नै मुख्य हामीले गर्नुपर्ने हो, त्योभन्दा जटिल दायित्व के–के गर्नुपर्ने हो त्यो सबै गर्दै जान्छौँ ।

 

जोखिमयुक्त स्थानबाट आएकाहरु सिधै घर–घरमा गइरहेका छन् । यसले झनै जोखिम बढाएको छ । क्वारेन्टिन र आइसोलेशन व्यवस्थापनमा चासो किन नदिनुभएको ?

 

क्वारेन्टिन र आइसोलेशनका कुरा के भो भने अहिले मानिसहरु आफँै सचेत र स्वावलम्बी छौँै भन्ने स्थिति सिर्जना भयो । पहिला लकडाउन हुन्थ्यो र जो मान्छे आउनुपर्ने हो, कुन सवारी साधनबाट आउँछन् उसले अनुमति लिएर आउनेजाने क्रम हुन्थ्यो । तिनीहरुलाई हामीले क्वारेन्टिनमा राख्थ्यौँ । पिसिआर परीक्षण भएपछि मात्रै घर पठाउथ्याँै । अहिले यातायातमा त्यति सतर्कता, सचेतना, त्यसको अभिलेखीकरण छैन । कहाँबाट आउँछन् जान्छन् भन्ने कुरा नभएको कारण मानिसहरु घर आउने बस्ने क्रम चलेको छ । बिरामी भइसकेपछि मात्रै हामीलाई जानकारी आउँछ । सकेसम्म होम क्वारेन्टिन, होम आइसोलेशन बस्ने भन्ने सरकारको नीति छ । कडा लक्षण देखिएका कठिन भएका मात्रै अस्पताल आउ नत्र नआउ भनेको हुनाले हामीलाई पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । हामी  क्वारेन्टिनका लागि तयार छाँै । क्षेत्री समाजको भवनमा ७० वटा श्यया तयार छन् । करीब रु दश लाख खर्च गरेर नगरपालिकाले भवनलाई मर्मतसम्भार गरेर छ महिनादेखि राखेका छौँ । तर त्यो क्वारेन्टिनमा बस्ने मान्छे पाइराख्या छैनाँै ।

 

व्यासमा त रोटरीले दिएको पिसिआर मेशिन पनि छ । आधा वर्षसम्म पनि सञ्चालनमा ल्याउन सक्नुभएन नि ?

 

एउटा त यो पिसिआर मेशिन कुनै पनि अस्पतालले स्वीकार गरेको अवस्था रहेनछ, हामीलाइ त्यो थाहा भएन । यो मेशिन प्रदान गर्ने रोटरीका साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । तर के भो भन्दा त्यसलाई जडान गर्दा प्रयोगशाला भवन अलग्गै चाहिने । त्यसपछि अहिले हामीसँग भएको जनशक्तिभन्दा अलि उच्चस्तरको जनशक्ति, सिफ्टवाइज चाहिने । एकपटकमा जम्मा आठ जनाको मात्रै पिसिआर हुनसक्ने, एक घण्टा भित्रमा भन्ने अवस्था भएपछि व्यवस्थापन गर्ने प्रयत्न पनि ग¥यौँ । शुरुमै जडान गर्दा नै रु ५० लाखको हाराहारीमा खर्च हुन सक्ने भन्ने जानकारी प्राप्त भएपछि आर्थिक स्रोतको समस्या भयो । मेशिन लिन त लियाँै हामीले तर अहिले तुरुन्तै इन्स्टल गर्ने क्षमता भएन । यो प्रक्रिया शुरु भएपछि फेरि बाढी पहिराले करीब तीन–चार करोडकै धक्का हान्यो । त्यसले गर्दा पनि हामीले पिसिआर मेशिन सञ्चालन गर्न नसकेका हौँ ।

 

भनेपछि तत्कालै सञ्चालनमा आउँदैन ?

 

तुरुन्तै आउँदैन होला शायद । कुनै अस्पतालले लिन चाहन्छन् भने हामी प्रदान गर्न तयार छौँ । जिपी अस्पतालले पनि लिन मानिराखेको छैन । यहाँ दमौली अस्पतालले नि मानेको छैन । त्यसलाई भवन नै छुट्टै चाहिने । सुरक्षा व्यवस्था मिलेन भने सङ्क्रमण सर्ने डर हुने र सञ्चालन खर्च चर्को लाग्ने भएकाले सञ्चालनमा कठिन भइरहेको छ ।

 

गत वर्षदेखि कोरोना कहरले अत्ताइरहेको अवस्था छ । यसले व्यासको विकास निर्माणमा कत्तिको असर पारिरहेको छ ?

 

एकदमै असर पारेको छ । कस्तो खालको असर पारेको छ भने एकातिर ठेक्का टेन्डरहरु गरेका विकास निर्माणका काम समयमै सम्पन्न गर्न सकेका छैनौँ । गएको वर्ष त कामदारहरु नै घर फर्कने स्थिति सिर्जना भयो । त्यसो हँुदा काममा ढिलाइ भएको छ । अर्को चाहिँ हामीले विनियोजन गरेको योजनामा जुन स्रोतबाट पैसा आउँछ भनेका थियौँ त्यो आएन । नेपाल सरकारले गएको वर्ष राजश्व बाँडफाँटबाट दिने भनेको करीब रु आठ करोड बजेट नै पाइएन । तीन करोड आन्तरिक आम्दानी कम भयो । करीब ११ करोड बराबरको गएका वर्षका क्रमागत योजनाको भारी बोकेर आउँदा यो वर्ष पनि कोरोनाको कहर छ । योजना बाँकी नै रहँदा एक त आर्थिक स्रोतका कारणले असर प¥यो । अर्को जनशक्तिका कारणले समयमै काममा लगाउन नसक्ने अवस्थाले ढिलाइ भएर असर परेको स्थिति छ ।

 

अब कोरोनाको प्रसङ्गलाई बदलौँ, तपाईंले व्यास नगरपालिकाको बागडोर सम्हालेको यही महिनाको अन्तिममा ४ वर्ष पुग्दैछ । यो अवधिमा के–के काम भएका छन् । गर्व गर्न लायक उपलब्धि केही भए ?

 

व्यास नगरपालिकाले गर्व गर्न लायक यी काम गरे भन्नुभन्दा पनि नगरवासीले के कस्तो महसुस गर्नुभएको छ, त्यो मूलभूत कुरा हो । व्यास नगरपालिकाका तर्फबाट जति पनि विकासका योजना शुभारम्भ ग¥यौँ, सानो स्केलमै केन्द्रित भएका छौँ । सानो स्केलमा केन्द्रित हुनु भनेको हामीले वडाहरुलाई करीब एक करोडदेखि डेढ करोडको हाराहारीमा बजेट विनियोजन गरेका छौ । सबै वडालाई अहिलेसम्म समान व्यवहार गरेर ठूलो सानो अथवा आम्दानी दिने नदिने जुनसुकै वडा भए पनि विकास अभियानमा बजेट सकेसम्म समान हिसाबले  वितरण गरेका छौँ । चार वर्षको अवधिमा मासिक दुईवटा बैठक आयोजना गरेका छौँ । समयमै नगरसभा गरेका छौँ । तिनीहरुमा कहीँ पनि बाधा, विरोध, अवरोध भोग्नुपरेन । कतिपय पालिकामा त्यस्ता पनि समस्या आएको देख्दछौँ । अहिले हामीले गौरव गर्न लायक भनेर एकीकृत विकास योजनाहरु निर्माण भइरहेका छन् । मानुङ लगायतका स्थानमा पर्यटन प्रवद्र्धनमा हामीले महत्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ भन्ने महसुस भएको छ । अर्को मादी नदीको १८ किलोमिटर दूरीमा अध्ययन शुरु गरिराखेका छौँ । दमौली नजीकै मादी पुलभन्दा तल कृत्रिम ताल निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना छ । मादीमा माथि मानुङको जस्तै अवस्था सिर्जना गर्ने, व्यास पराशर क्षेत्रको विकास अभियानलाई अगाडि बढाउने, व्यास–१० मा नारेश्वर ताल निर्माण गर्ने जस्ता महत्वपूर्ण योजना थालनी गरेका छौँ । अर्को हामीले गर्न चाहेको कृषि, पर्यटन र शैक्षिक गतिविधिमा थुप्रै उपलब्धि हासिल गरेका छौँ । आधारभूत स्वास्थ्य केन्द्र ६ वटा वडामा थिएनन्, त्यहाँ स्थापना गरेका छौँ । खानेपानीको आवश्यकतालाई सकेसम्म पूर्ति गर्ने हिसाबले एक घर एक धारा अभियानलाई नगरपालिकाभर नै विस्तार गरेका छौँ । तसर्थ तत्काल नागरिकले अपेक्षा गरेका कार्यलाई अगाडि बढाएका छौँ । करीब–करीब २५ किलोमिटरको हाराहारी हामीले बाटो कालोपत्र पनि गरेको स्थिति छ । खेल मैदानहरु निर्माण हुँदैछन् । दमौलीमा दमौली सेन्ट्रल पार्क भनेर निर्माण गर्न चाहिरहेका छाँै । कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गरेर फोहोर व्यवस्थापन गर्न सफल छौँ । हामीले छोड्ने बेलासम्म फोहोरमैलाको व्यवस्थापनका लागि स्थायी समाधान गरेर जानेछौँ । बधस्थल पनि निर्माण गर्न सफल भयौैँ । धेरै कामहरु हामीले गरेका छौँ । सानातिना काममा हाम्रो ध्यान केन्द्रित छ । १५ वर्षसम्म जनप्रतिनिधिबाट अवरुद्ध भएको, स्रोत साधन द्वन्द्वमा फसेको मुलुक थियो । आम्दानी केही थिएन । त्यस्तो अवस्थाबाट गुज्रिएर आएको नगरपालिका र सातवटा त गाउँपालिका हामीकहाँ थपिएर आएका छन् । यसलाई सन्तुलित विकास गर्नुपर्ने, समानुपातिक विकास गर्नुपर्ने चुनौतीका बीचमा पनि अगाडि बढिरहेका छौँ । नगरवासीका हरेक समस्या नगरपालिकाले सम्बोधन ग¥यो है भन्ने किसिमको महसुस गराउन सफल भएका छाँै भन्ने लाग्छ ।

 

तपाईंले गरिरहेका काम जनताको अपेक्षा थिए त । कसरी विश्लेषण गर्नुभएको छ ?

 

स्थानीय तहबाट कति धेरै अपेक्षा भएको थियो, त्यो उहाँहरुको कुरा हो । मलाई के लाग्छ भने सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारबीचको संविधानले अपेक्षित गरेका जति पनि व्यवस्थाहरु छन्, कतिपय सङ्घीय कानून आइनसकेकाले अवरुद्ध भएका छन् । कतिपय सङ्घीय ऐन नआएका कारणले प्रदेश ऐनहरु नबनेको कारणले हामी अड्किएका छौँ । जस्तै, शिक्षा क्षेत्रमै आवश्यक कार्यहरु गर्न सकेनौँ । शिक्षालाई हामीले प्राथमिकतामा राख्याँै । तर शिक्षकहरुको दरबन्दी, सरुवा, बढुवादेखि लिएर सबै कुरामा सँगसँगै बढी जोडिनुपर्ने भयो । त्यसो भएर सङ्घ प्रदेशसँग जोडिएका कतिपय नीतिगत कुराहरु समयमै क्लियर भएर नआउँदा हामीले काम गर्न सकेनौँ होला । तर समय बदलिँदै जाने क्रममा नागरिकका अपेक्षाहरु अत्यन्त धेरै हुन सक्छन् । ती सबै कुरा अहिले नै सम्बोधन हुन्छ भन्ने कुरा त थिएन । सङ्घ, प्रदेश र स्थानीय तहको नीतिगत कुरा समयमा स्पष्ट नहुँदा, कानूनहरु नआउँदा सङ्घ र प्रदेश मातहतमा पुरानै संविधानका आधारमा बनेका पुरानै ऐनमा केन्द्रित हुँदा हामीले गर्न चाहेका ठोस कार्यहरु भने गर्न सक्ने स्थिति भएन ।

 

सङ्घ, प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको भाव तपाईंले नै व्यक्त गर्नुभयो । लामो समयसम्म बागडोर सम्हालेका कर्मचारी र जनप्रतिनिधिको तालमेल चाहिँ कत्तिको मिलेको छ ?

 

हिजो को कस्तो थियो भन्नुभन्दा नि आज उसको प्रतिबद्धता र इमानदारिता कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । तसर्थ, हामीले कुनै आग्रह पूर्वाग्रह विना सबै कर्मचारीको क्षमतालाई सदुपयोग गर्ने प्रयत्न गरेका छौँ । स्थानीय तहमा सङ्घ र प्रदेश सरकारबाट आउने, जिल्ला विकास समितिबाट समायोजन भएर आएका कर्मचारी र वर्षौंदेखि हाम्रो यही रहेका कर्मचारी हुनुहुन्छ । तीन÷चार थरीका कर्मचारी हुनुहुन्छ । करारमा रहेका कर्मचारी ठूलै सङ्ख्यामा हुनुहुन्छ । अहिले हामीलाई कर्मचारी स्थायी गर्ने, बढुवा गर्ने अधिकार दिइएको छैन । कर्मचारीसँगको हाम्रो तालमेलको प्रयत्न गरेका छौँ । तर कर्मचारीको क्षमता बदलिँदो समयअनुसार विकास गर्न सकेका छैनौँ । कहाँ के ताल मिलेको छैन ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने

  • 9 minutes ago
इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने

एजेन्सी । इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ । राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो ।

तनहुँमा सामूहिक रक्षाबन्धन

  • 17 minutes ago
तनहुँमा सामूहिक रक्षाबन्धन

तनहुँ । ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

  • 17 minutes ago
प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौँ। सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सह–सचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरे



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।