बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

गलकोट । बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । 

 

आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो । 

 

स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्र स्वास्थ्य मापदण्ड पुर्याएर खुल्न दिने र शैक्षिक संस्था पालिकाको समन्वयमा खुलाउन सकिने निर्णय भएको जानकारी दिए । पार्टी प्यालेस, सिनेमामा भने न्यून सङ्ख्या सहभागी हुन आग्रह गरिएको छ । 

 

यस्तै पालिकाको शिक्षा शाखाको समन्वयमा न्यून सङ्क्रमण भएको पालिकाले जिल्ला प्रशासनको अनुमतिमा विद्यालय खुलाउन सकिने छ । यसका लागि न्यूनतम स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको प्रजिअ कार्कीले जानकारी दिए ।  

 

स्वास्थ्य मापदण्ड अपनाएर प्रशासनको निर्देशन अनुसार कालिका मन्दिर छ महिना पछि खुला हुने भएको हो ।  जिल्लामा धार्मिक पर्यटक भित्र्याउन मन्दिरले टेवा पुर्याउँदै आएका थियो । 

 

मन्दिरमा सामाजिक दूरी कायम गरी दर्शनार्थीलाई प्रवेशको व्यवस्था मिलाइने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

  • 6 minutes ago
१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको मुद्दामा आज सुनुवाई हुँदैछ । १४ सांसदहरुलाई साधारण सदस्य र सांसद सदस्

'बिग बोस'को आउँदो सिजनका लागि सलमानले बढाए पारिश्रमिक

  • 7 minutes ago
'बिग बोस'को आउँदो सिजनका लागि सलमानले बढाए पारिश्रमिक

एजेन्सी । बलिउड स्टार सलमान खानले भारतीय चर्चित रियालीटी शो बिग बोसलाई धेरै चर्चामा पुर्याएका छन् । उनको होस्टले गर्दा नै बिग बोसले यतिधेरै चर्चा कमाएको हो भन्नुमा फरक पर्दैन ।

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

  • 35 minutes ago
क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो । कोरोना महामारीबीच अब



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।