वाग्मती प्रदेशमा खोपका लागि रु दुई अर्ब विनियोजन

प्रतिकात्मक तस्बिर

काठमाडौँ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ ।

 

सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा श्ययाको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरहेको जानकारी दिए ।

 

चालू आर्थिक वर्ष २०७८÷७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उनले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि रु दुई अर्ब बजेट विनियोजन गरिएको बताए ।

 

मन्त्रालयको गतिविधिका बारेमा आज यहाँ सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले खोप खरीदका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको रसंभव नभएमा सङ्घीय सरकारसँग सहकार्य गरेर खोप लगाउने ल्याउने प्रतिवद्धता जनाए ।

 

उनले कोरोना सङ्क्रमणबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेसमेत  आग्रह गरे । यसैबीच प्रदेश  सरकारलाई ‘एसटिसी ग्रुप’ नामक सस्ंथाद्वारा २०० अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र उप्रेतीले हालै सामाजिक विकास मन्त्रालयलाई ती सिलिण्डर हस्तान्तरण गरेको जनाइएको छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 1 hour ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 1 hour ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 2 hours ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।