वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

  • बिहीबार, ११ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल
सांकेतिक तस्बिर

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ ।

 

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरिसकेको बताए । 

 

आज आफ्नो कार्यकक्षमा रासससँग कुरा गर्दै उहाँले मन्त्रिपरिषद्को बैठकले प्रदेशमा यातायात व्यवस्था सञ्चालन गर्ने अध्यादेश–२०७७ लाई बुधबार स्वीकृत गरिएपछि प्रदेशको १३ जिल्लाको ११९ स्थानीय तहमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने क्रममा विद्युतीय चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको बताए । 

 

उनले प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन भइसकेकाले उक्त बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ती गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

 

मन्त्री फुयाँलले विद्युतीय सवारी साधनलाई तत्कालै सञ्चालन गर्ने प्रक्रियालाई सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तहसँग सरकारले समन्वय गरी प्रक्रिया अघि बढाइसकिएको पनि स्पष्ट पारे ।

 

उनले प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ्, चितवन मकवानपुरलगायत अन्य शहरमा विद्युतीय सवारी साधन सञ्चालनका लागि चार्जिङ् स्टेशन लाइन विस्तार गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिरहेकोे र छिट्टै ती शहरमा विद्युतीय लाइन विस्तार हुने विश्वास व्यक्त गरे । 

 

मन्त्री फुयाँलले त्रिभुवन राजपथ एवं नौबिसे मुग्लिन सडकखण्डमा पनि विद्युत् चार्जिङ् स्टेशन निर्माणको लागि विद्युत् प्राधिकरणमार्फत सर्वे भइरहेको र कहाँ, कहाँ स्टेशन राख्न आवश्यक छ तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिए । 

 

उनले भैँंसे–भीमफेदी एवं भीमफेदी–कुलेखानी विस्तारित सडकखण्डको पनि आज निरीक्षण गरे । पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ्मार्ग निर्माणको काम छिट्टै प्रारम्भ गर्ने र त्यस क्षेत्रमा पर्ने निजी घर जग्गाको हकमा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति उपलब्ध गराउन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र सरोकार समितिलाई समेत उनले निर्देशन दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सैफ-करीनाको झगडामा कसले भन्छन् पहिले 'सरी' ?

  • 2 minutes ago
सैफ-करीनाको झगडामा कसले भन्छन् पहिले 'सरी' ?

एजेन्सी । धेरैजसो भन्ने गरिन्छ कि जब पति पत्नीबीच झगडा विवाद हुन्छ तब पहिले पतिले सरी बोल्नुपर्छ । यो कुरा बलिउड जोडी करीना कपुर खान र सैफ अली खानको सम्बन्धमा मिल्दोजुल्दो छ ।

लिभरपुल बर्नलेसँग आफ्नै मैदानमा पराजित

  • 39 minutes ago
लिभरपुल बर्नलेसँग आफ्नै मैदानमा पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल बर्नलेसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुल आफ्नै मैदानमा बर्नलेविरुद्ध १-० गोलले स्तब्ध बनेको हो ।

प्रतिनिधि सभा विघटनः बहसको समयमा कडाइ

  • 45 minutes ago
प्रतिनिधि सभा विघटनः बहसको समयमा कडाइ

काठमाडौं । प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विचाराधीन १३ वटा रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । चौथौ नम्बरका निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट पनि वरिष्ठ अधिवक्ताहरूले बहस सकेका छन्



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।