बाढीपहिरा पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा

Norvic Hospital
  • शुक्रबार, ५ कार्तिक, २०७८
  • 1 month ago
  • नेपाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा, डुबानजस्ता प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्ने बताएका छन् । 

  

बेमौसमी वर्षासँगै आएको बाढीपहिरा, डुबान र नदी कटानले पु¥याएको मानवीय तथा भौतिक क्षतिको बिहीबार सुदूरपश्चिम प्रदेशमा स्थलगत निरीक्षण अवलोकन गरेका उनले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विपत्तिबाट पीडितलाई राहत उपलब्ध गराइने र क्षति न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका उपाय  खोजिने बताएका हुन् । 

 

“बेमौसमी वर्षासँगै उत्पन्न विपत्तिले देशभर नै क्षति पु¥याएको छ”, उनले भने, “ यो वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो क्षति भएको छ, धानबालीमा समेत क्षति पुगेको छ ।” प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीपहिरा, डुबानको समस्याबाट पीडित नागरिकलाई राहत दिने निर्णय गरिसकेको उल्लेख गर्दै यस विषयमा काठमाडौँ फर्केपछि पुनः छलफल गरिने बताए । 

 

एक प्रश्नको जवाफमा उहाँले कोरोनाविरुद्धको खोप लगाउनमा नेपालले पाएको सफलतालाई विश्व स्वास्थ्य सङ्गठनले धन्यवाद दिएको उल्लेख गर्दै नेपालमा कोरोना रोकथाम हुँदै जाँदा बेलायतलगायत अन्य देशले ‘भिसा’ खुला गरेको बताए । अर्को एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको कानूनभन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको बताए ।  

 

पार्टीको महाधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भन्नुभयो, “पार्टीको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ, निर्वाचन समतिले निष्पक्ष भएर चुनाव गराउने भएकाले यो काममा पार्टी सभापतिको भूमिका हुँदैन ।” उनी वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लामा भएको क्षतिको बिहीबार स्थलगत निरीक्षण अवलोकन गरेर आज काठमाडौँ फर्किएका छन् ।

  

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर सहभागी थिए ।  यही असोज ३१ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरा र डुबानका कारण सुदूरपश्चिम प्रदेशमा आजसम्म ३१ को मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता भएका छन् । १७ घरमा पूर्ण क्षति पुगेको छ । तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानले हजारौँ परिवार विस्थापित भएका छन् भने ठूलो क्षेत्रफलको जग्गामा रोपिएको बर्खे धानबाली नष्ट भएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छः प्रधानमन्त्री देउवा

  • 3 minutes ago
ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

'यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एक जुट भएका छौं'

  • 9 minutes ago
'यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एक जुट भएका छौं'

काठमाडौँ । नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम्म निःशुल्क सटल बससेवा सुरु

  • 27 minutes ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम्म निःशुल्क सटल बससेवा सुरु

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।