यी नराम्रा बानीहरु कसरी हटाउने ?

बिहानै उठेपछि राति सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या पैदा गर्न सक्छ । खराब बानीहरुको कारण स्वास्थ्यमा नकरात्मक असर स्वास्थमा पर्छ । यसको लागि सबैभन्दा पहिले तपाईले यो कुरा थाहा पाउन पर्छ कि तपाई कुन चाहिँ यस्तो खराब बानीहरु अपनाउनु हुन्छ त्यसले तपाईको स्वास्थ बिग्रिरहेको छ । 

 

जब तपाईलाई लाग्छ कि तपाईको यो बानीले तपाईको स्वास्थमा नोक्सान पुर्याइरहेको छ भने तपाईले त्यसलाई छोड्नुपर्ने हुन्छ । आउनुहोस् जानौं कस्ता नराम्रा बानीहरु कसरी छोड्न सकिन्छ त

 

स्न्याक्स खाने बानी

धेरैपटक हामी भोक नलागे पनि केही न केही त खाइरहेका हुन्छौं जुन स्वास्थको लागि राम्रो हुँदैन । सधैं केही न केही खाने बानीले हाम्रो प्राकृतिक भोक सकिन्छ र लगातार खानाले तौल बढ्ने समस्या पनि हुन्छ । जसले डायबिटिज, मुटुरोग र अन्य गम्भिर बिमारी पैदा गर्न सक्छ । यदी तपाई स्न्याक्समा जंक फुड खानुहुन्छ भने यो तपाईको स्वास्थको लागि अझै बढी खतरनाक हुन्छ ।

 

कसरी छोड्ने त ?

 

यदी तपाई साच्चै यो बानी छोड्न चाहनुहुन्छ भने आफै यसको लागि तयार रहन पर्छ । यदी तपाई यो बानी छोड्न गाह्रो भइरहेको छ भने स्वस्थ स्न्याक्समात्रै खाने गर्नुहोस् जसले शरिरमा आवश्यक पोषण दिन्छ । 

 

धेरै टिभी हेर्ने बानी

यदी तपाई टिभी धेरै हेर्नुहुन्छ भने तपाईको शारीरिक गतिविधि कम हुन्छ र यसले तौल बढ्छ । तौल बढ्नाले धेरै खाले रोगहरु लाग्न सक्छ जसमा डायबिटिज मुख्य हो । एक अध्ययन अनुसार जो मानिसले दिनमा दुई घन्टा भन्दा धेरै टिभी हेर्छन र स्न्याक्सको रुपमा चिनियुक्त पेय पदार्थ पिउछन् जंक फुड खान्छन् उनीहरुलाई गम्भिर रोगको खतरा बढ्छ ।

 

कसरी छोड्ने त ?

 

यदी तपाईले टिभी धेरै हेर्ने बानी छोड्न सक्नुभएको छैन भने तपाई आफुलाई व्यस्त राख्न मनपर्ने अरु कुनै काम गर्न सक्नुहुन्छ या कुनै पुरानो साथि सँग भेट्न सक्नुहुनेछ । यसले तपाइको मुड पनि राम्रो हुन्छ र बढ्दै गरेको तौल पनि कम हुन्छ ।

 

धेरै खाना खाने

 

तपाई बढ्दै गरेको तौलको सिकार हुनुभएको छ भने ध्यान दिनुहोस कि तपाई कही धेरै खाना त खाइरहनु भएको छैन रु धेरैजसो मानिसहरुले चाहेर पनि आफ्नो यो नराम्रो बानी छोड्न सकिरहेको हुँदैनन । यो समस्याले धेरै स्वास्थ समस्या हरु पैदा गर्न सक्छन् ।

 

कसरी छोड्ने त ?

 

यदी तपाई आफ्नो मनपर्ने खानेकुरा देखेर आफैलाई कन्ट्रोल गर्न सकिरहनुभएको छैन भने त्यसलाई दैनिक नखाएर हप्ताको एक वा दुईचोटी मात्रै खानुहोस् । धेरै मात्रामा पानी पिउनुहोस् यसले तपाईलाई भोक कम लाग्नेछ । एकैचोटी धेरै खाना नखानुहोस । तपाई जति धेरै खाना खानुहुन्छ उत्ति ओभरइटिङ गरिरहनुभएको हुन्छ ।

 

धुम्रपानको लत

 

धेरैजसो मानिसहरुले धुम्रपानले स्वास्थमा पार्ने प्रभावको बारेमा थाहा भए पनि यो बानी छोड्न सक्दैनन् । केही मानिस त झनै विहान उठ्नासाथ धुम्रपान सुरु गर्छन् । यसको बाहेक धेरैबेर सम्म ननिदाउँनको लागि पनि मानिस धुम्रपानको मद्धत लिन्छन् । 

 

कसरी छोड्ने त ?

 

धुम्रपान छोड्नको लागि मानिसमा दृढ इच्छाशक्ति हुन जरुरी छ । सुरुवाती दिनमा च्रोट पिउने मानिसभन्दा टाढा नै बस्नुहोस । सथै तलतल लागेमा मात्रै ५ मिनेटसम्म संयमित हुनुहोस त्यसपछि इच्छा आफैँ कम हुन्छ । 

 

मदिरा पिउने बानी 

 

सधैं अल्कोहल पिउनु मानिसको लागि विष बराबर हुन्छ । जो महिलाहरु सधैं अल्कोहल सेवन गर्छन उनीहरुको लिभर ड्यामेज र ब्रेस्ट क्यान्सर हुने खतरा बढ्छ । त्यस्तै पुरुषहरुको लागि पनि यो कम खतरनाक छैन् यसले हृदयरोग, उच्च रक्तचाप जस्ता समस्याहरु पैदा हुन्छन् ।

 

कसरी छोड्ने त ?

अल्कोहलको बानी छोड्न चाहनुहुन्छ भने विस्तारै विस्तारै पिउने मात्रा घटाउनुहोस । तपाईलाई अल्कोहलको सेवन छोड्नै सक्दिन जस्तो लाग्छभने काउन्सिलिङको मद्धत लिन सक्नुहुनेछ । मदिराको लतबाट सिकार भएका मानिसको राहत मिल्नेएक औषधि पनि पाइन्छ । यो औषधिको प्रयोगले अल्कोहलले शरिरमा हुने वाला बिमारीलाई ठिक गर्न सक्छ ।

 

स्वास्थको लागि हानिकारक अन्य बानीहरु पनि हुन्छ । तपाईले त्यसलाई पहिचान गरेर त्यसलाई तुरुन्त छोड्ने प्रयास गनुहोस ।यसले तपाई स्वस्थ मात्रै होइन गम्भिर रोगबाट पनि बच्न सक्नुहुनेछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

  • 1 minute ago
हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

  • 8 minutes ago
उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

  • 19 minutes ago
टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।