एउटा शहरमा जब २८ वर्षपछि बच्चा जन्मियो
- शनिबार, १० कार्तिक, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी– जनसँख्या नियन्त्रणका लागि ठूलो कसरत गरिरहेका नेपालीहरुका लागि यो अचम्मकको समाचार हो । उत्तरी इटालीको एउटा सानो सहरका लागि भने ठूलो खुशी भित्रिएको छ अर्थात् शहरमै २८ वर्षपछि एक जोडीले सन्तान जन्माएको छ । यो शहरमा सन् १९८७ पछि पहिलो पटक शिशुको जन्म भएको छ । डिमाउन्ट क्षेत्रका एक मेयरका अनुसार ओस्टाना जातीको सानो समुदायको अहिले सपना पूरा भएको छ । सो समुदायको संख्या पछिल्लो एक सय वर्षमा निरन्तर गिरावट हुँदै आएको छ । गत साता इटालीको टुरिन अस्पतालमा जन्मिएका शिशु पाब्लोपछि सो समुदायका तर्फबाट बासिन्दाको संख्या जम्मा ८५ पुगेको छ । तथापी, कूल जनसंख्याको आधा जनसंख्या मात्र सो क्षेत्रमा बसोबास गर्छन् ।
मेयर जियाकोमो लोमबार्डोका अनुसार ओस्टाना समुदायको संख्या सन् १९०० को सुरुवातमा १ हजार रहेको थियो । तर, द्वितीय विश्वयुद्धपछि जन्मदरमा निरन्तर गिरावट आएको छ । ‘सन् १९७५ पछि वास्तविक गिरावट आएको छ । सन् १९७५ देखि १९८७ को बीचमा जम्मा १७ ओटा शिशु जन्मेका थिए, ’ एक अधिकारी भन्छन् ।
नयाँ रोजगारीका अवसर सिर्जना गरेर ओस्टानाले घट्दो जनसंख्याको दरलाई उल्टाउन खोजिरहेको छ । पाब्लोको अभिभावक सिल्भिया र जोस पाँच वर्षअघि नै विदेश जाने योजनामा रहेका थिए तर नजिकको पहाडी क्षेत्रमा आवासको प्रबन्धपछि बसाई सर्ने योजनालाई थाँती राखेका थिए ।
नेसनल युनियन फर माउन्टेन टाउन्स एन्ड कम्युनिटिजका मार्को बुसोनका अनुसार अल्पसंख्यक यस समुदायको प्रर्बद्धनका लागि कर लगायत अन्य छुट र सुविधा प्रदान गरिनुपर्छ । ताकी उनीहरुको जनसंख्या बढोस ।
नयाँ–नयाँ कामको खोजीमा युवाहरु विदेशीने र अर्को क्षेत्रमा बसाई सराई गर्ने क्रम बढेपछि इटालिका स–साना सहरमा जनसख्ंया निरन्तर घटिरहेको बताइन्छ ।
अल्पसंख्यक समुदायको जनसंख्यामा ह्रास आउन थालेपछि केही मानिसले निशुल्क घरको व्यबस्था गर्न थालेका छन् । जनसंख्याको पतनलाई रोक्न त्यहाँका बासिन्दालाई बिरामी हुनबाट बचाउनुपर्ने समेत इटालीका एक मेयरको भनाई छ । पाब्लोको आगमनलाई विभिन्न पार्टी र कार्यक्रमले स्वागत गरिएको छ । उनी जन्मेको सहरका विभिन्न स्थानमा झकिझकाउ गरिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट
- 1 minute ago

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
हिमालयन र सिभिल बैंकबीच शुक्रबार मर्जर सम्झौता हुने
- 2 minutes ago
काठमाडौँ। हिमालयन बैंक लिमिटेड र र सिभिल बैंक लिमिटेडबीच एक आपसमा मर्जको सम्झौता यहि शुक्रबार हुने भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि अर्को संस्थासँग गाभिनैपर्ने दबाबमा रहेको हिमालय
फिल्म ‘जुग जुग्ग जीयो’ ले बक्स अफिसमा कति कमायाे ?
- 11 minutes ago

एजेन्सी । बलिउड फिल्म ‘जुग जुग्ग जीयो’ ले बक्स अफिसमा हालसम्म ७१ करोडभन्दा माथिको कमाई गरेको छ । अभिनेता वरुण धवनको फिल्मले दोस्रो हप्तामा सोमबार र मङ्गलबार खासै कमाई गर्न सकेन । जुग जगु जियोको पछिल्
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।