पोखरामा १२ बर्षिया किशोरीले बच्चा जन्माईन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

 पोखरा । पत्यार लाग्न गाह्रो पर्छ तर एउटै यस्तै अचम्म लाग्दो घटना पोखरामा भएको छ । 

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी हस्पिटलमा एक १३ वर्षेकी युवतीले सिसु जन्माएकी छिन् ।

 

नौ महिना गर्भमा राखेर छोरा जन्माएकी ति बालिकाको बच्चा साढे ३ किलो रहेको छ । अस्पताल श्रोतका अनुसार सामान्य सुत्केरी भएकी हुन् ।

 

पहिले चिकित्कहरुले अपरेशन गर्नुपर्ने पनि हुनसक्ने भनेका थिए तर उनले नर्मल डेलीभरीमै बच्चा जन्माईन् । बच्चा र ती किशोरीको अवस्था सामान्य रहेको अस्पतालको प्रसुति विभागले जनाएको छ ।

 

बालिकाको घर स्याङ्जा हो । पेटमा गर्भ रहेको जानकारी भएपछि बालिकाकी आमाले अस्पताल लगेको र अस्पतालले महिला बालबालिका सेवा केन्द्रमा पठाईदियो । त्यसपछि सेवा केन्द्र मार्फत ती बालिका पोखराको नयागाउँस्थित थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रमा बस्न सुरु गरिन् । त्यहा उनी विगत ४ महिनादेखि बस्दै आएकी थिईन् ।

 

अझै रोचक पक्ष के छ भने ती बालिका १२ वर्षकै उमेरमा एक १९ वर्षीय यूवकको प्रेममा थिईन् । 

 

प्रेममै रहेका बखत दुबैजनाबीच सहमतिमै यौन सम्पर्क भएको श्रोतले बतायो । तर नेपालको कानूनअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरेपनि बलात्कार भएको ठहर्छ । 

 

ती बालिकालाई करणी गर्ने युवक भने अहिले स्याङ्जास्थित कारागारमा रहेका छन ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

  • 39 seconds ago
ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

  • 24 minutes ago
आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 11 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।