भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शनिबार, ११ मंसिर, २०७८
  • 8 months ago
  • नेपाल

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उहाँका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।

 

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले खनाल सवार ग११प ५४४४ नंको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । ट्रकको ठक्करबाट घाइते भएका दुवै जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘वृहत् स्वतन्त्र राष्ट्रिय अभियान’द्वारा चुनाव चिन्ह ‘लौरो’ सार्वजनिक

  • 7 minutes ago
‘वृहत् स्वतन्त्र राष्ट्रिय अभियान’द्वारा चुनाव चिन्ह ‘लौरो’ सार्वजनिक

काठमाडौँ। ‘एक्लाएक्लै होइन, सँगसँगै हिँडौं भन्ने भावना, सुस्पष्ट विचार र कार्यक्रमका साथ नयाँ दल, व्यक्तिहरू र अभियानहरूलाई समेटेर एउटै चुनाव चिन्ह लौरोलाई वृद्धवृद्धाहरूले सहाराको रूपमा टेक्ने र

विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

  • 14 minutes ago
विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

एजेन्सी । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपति भण्डारीलाई आग्रह

  • 14 minutes ago
नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौँ। नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषा



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।