Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थरिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति प्रदान


काठमाडौँ। रिद्धि सिद्धि सिमेन्टले मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ अन्तर्गत छात्रवृत्ति प्रधान गरिएकोे रिद्धि सिद्धि सिमेन्टले जनाएको छ।

कम्पनीका अनुसार छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरू सहभागी भएका थिए। रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत पिप्ले रंगशालामा बृहत् कार्यक्रम समेत आयोजना गरेको थियो।

यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद १० हजार १ रुपैयाँ प्रदान गरिएको थियो।

छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा रु। ५०००, दोस्रो हुनेलाई रु। ३५००, तेस्रो हुनेलाई रु। २५०० का साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा रु. १५०० एक वर्षसम्म उपलब्ध गराउने छ।

आफ्नो व्यावसायिक सामाजिक उत्तर दायित्व अन्तर्गत मकवानपुरलाई लक्षित गरी सिमेन्टले छात्रवृत्ति वितरण गरेका हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आकासियो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

Techie IT