कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

सांकेतिक तस्बिर

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।

 

“मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै कोरोना परास्त गर्नसकेँ,” डा. श्रेष्ठले भने । उनकी बहिनीलाई भदौ महिनामा कोरोना सङ्क्रमण हुँदा आयुर्वेदिक औषधिले निको भएको डा. श्रेष्ठको अनुभव छ ।

 

“म एलोपेथिक चिकित्सक हुँ तर कोरोनाकालमा आयुर्वेदिक औषधि धेरै सङ्क्रमितलाई वरदान हुन पुगेको छ । कतिले विश्वास गर्छन्, कतिले गर्दैनन् । मेरो लागि आयुर्वेदिक औषधिले धेरै सुधार गर्यो । म अरूलाई पनि आयुर्वेदिक औषधि प्रयोगका लागि भन्ने गर्छु,” डा. श्रेष्ठले भने । उनीजस्ता धेरै एलोपेथिक चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत कोरोनाको औषधिका रूपमा आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् ।

 

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले आफूले पनि आयुर्वेदिक औषधि प्रयोग गरिरहेको भन्दै अरूलाई प्रयोग गर्न सुझाव दिए । आयुर्वेदिक औषधिले आफूलाई धेरै राम्रो गरेको जानकारी दिँदै उनले उक्त औषधि प्रयोग गर्न अरू सङ्क्रमितलाई पनि सुझाव दिए ।

 

त्यसो त नरदेवी आयुर्वेदिक चिकित्सालयबाट हालसम्म ७० हजार व्यक्तिले कोरोना उपचारका लागि औषधि लगिसकेका छन् । “हाम्रो तथ्याङ्कमा ६० हजार जनाले औषधि लगेका छन्, यो तथ्याङ्कबाहेक २० हजार जनाले आयुर्वेदिक औषधि प्रयोग गरेका छन्,” नरदेवी आयुर्वेदिक चिकित्सालयका निर्देशक डा. प्रदीप केसीले भने । चिकित्सक, नर्स, पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी, नेता सबैले कोरोना उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गरेको डा. केसीले स्पष्ट पारे ।

 

नरदेवीमा नै उत्पादन गरेको ज्येष्ठवासादी मिश्रण औषधि कोरोना निको बनाउन सहयोगी भएको निर्देशक डा. केसीले दाबी गरे । कोरोना कोषबाट अस्पताललाई प्राप्त एक करोड रुपियाँबाट उक्त औषधि निःशुल्क वितरण गरिएको थियो । डा. केसीका अनुसार एक केजी आयुर्वेदिक औषधि बनाउन अस्पतालले एक हजार तीन सय रुपियाँ खर्च गरेको थियो । यस्ता औषधि एक सय वर्षभन्दा अघिदेखि नै बनाउने र प्रयोग गर्ने गरेको चर्चा गर्दै डा. केसीले भने, “यसको प्रभावकारिता त्यो बेलादेखि नै राम्रो थियो ।”

 

आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोरोना उपाचारमा आयुर्वेदको महत्व धेरै रहेको बताए । उनले भने, “कीर्तिपुरस्थित आयुर्वेद उपचार केन्द्रमा दुई हजारभन्दा बढी सङ्क्रमितको उपचार भएको छ । ती सबैले आयुर्वेदलाई विश्वास गरिरहेका छन् ।” यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति

  • 1 hour ago
हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाललाई अविश्वासको प्रस्ताव लिएर आउन चुनौति दिएका छन् । ओली समूहको सचिवालय सद

गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना

  • 2 hours ago
गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ । गृहले जारी गरेको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो । सुचनामा उल्लेख भए अनुसार

शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण

  • 2 hours ago
शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९४४ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।