अटोमोबाइल इन्जिनीयरिङ अध्ययन गर्न आह्वान

  • बुधबार, ७ असोज, २०७७
  • 1 month ago
  • अर्थ

काठमाडौँ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिीनयरिङको पढाइ शुरु गर्न लागेकामा खुसी प्रकट गर्दै अध्ययनका लागि आग्रह गरेको छ  । 

 

एशोसिएशनका अध्यक्ष चन्द्रबहादुर कुँवरले एक विज्ञप्तिमार्फत महानगरले दक्षजनशक्ति उत्पादन गर्न अध्ययनलाई प्राथमिकता दिनु निकै सकारात्मक भएको जनाउँदै शिक्षालयबाट उत्पादन हुने अटो मोबाइल इन्जिनीयरबाट यस क्षेत्रमा खड्किएको दक्षजनशक्तिको मागलाई पूरा गर्ने विश्वास लिएको छ । 

 

“पोखरा महानगरको यो कार्यमा पश्चिमाञ्चल अटो मोबाइल डिलर्स एशोसिएशनले सदैव सहकार्य गर्ने छ” विज्ञप्तिमा भनिएको छ, “एईई उत्तीर्ण विद्यार्थीलाई अटोमोबाइल इन्जिनियरिङ अध्ययन गरी भविष्य सुरक्षित गर्न आह्वान गर्दछौं ।”

 

यसैबीच पोखरा वडा नं २१ र ३३ वडा कार्यालयले आफ्नो वडामा बस्ने दुई जनालाई छात्रवृत्ति उपलब्ध गराउने भएका छन् । वडा न १५ ले पनि वडामा बसोवास गर्ने शिक्षालयमा अध्ययन गर्न चाहनेमध्येबाट एक जनालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । 

 

शिक्षालयमा अध्ययन गर्न यही असोज १५ गतेसम्म फारम भर्न सकिने महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । वडा नं २९ भण्डारढिकमा रहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनीयरिङ र डिप्लोमा इन सिभिल इन्जिनीयरिङको पढाइ यसै वर्षदेखि शुरु हुन लागेको हो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • 24 minutes ago
भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ ।

हुम्लीको दशैँ महँगो

  • 29 minutes ago
हुम्लीको दशैँ महँगो

सिमकोट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ ।

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

  • 1 hour ago
जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।