अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्।

 

उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्। मन्त्री गिल्सद्वारा जारी विज्ञप्तीमा दक्ष कामदार, विद्यार्थी र भिजिट भिसा प्राथमिकतामा पर्ने बताइएको छ। 

 

यो प्रक्रिया थप छिटो बनाउँदा आप्रवासीहरूले अष्ट्रेलियाको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ। पहिलेको सरकारले अध्यागमनलाई अवमूल्यन गरेका कारण पेण्डिङ भिसा आवेदनको संख्या १० लाख पुगेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ। अल्बानीज सरकार ब्याकलग घटाउन र हाम्रो सरकारको अध्यागमन कार्यको महत्त्वलाई पुनर्स्थापित गर्न कटिबद्ध छ। मन्त्री गिल्सले विज्ञप्तीमार्फत भनेका छन्।

 

अष्ट्रेलियाको अध्यागम विभागले २०२२ जुन महिनादेखि ७ लाख ४५ हजार भिसाहरूको काम सम्पन्न गरिसकेको छ। ती मध्ये ३ लाख ८८ हजार भिजिटर, ६२ हजार विद्यार्थी र ९ हजार ५०५ मा अस्थायी दक्षक कामदार भिसा रहेका छन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

  • 19 minutes ago
आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 10 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 11 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।