अष्ट्रेलियामा कारको ठक्करबाट नेपाली युवकको निधन

Norvic Hospital

सिड्नी । अष्ट्रेलियामा कारको ठक्करबाट एक जना नेपाली युवकको निधन भएको छ । नर्दन टेरिटोरी राज्यमा कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको हो ।

 

मोटरसाइकलमा सवार २२ वर्षीय युवकलाई डार्बिनबाट ४० किलोमिटर पर नोनाम टेभनस्थित स्ट्राउट राजमार्गमा कारले ठक्कर दिएको थियो । गम्भीर चोट लागेको युवकको केही समयपछि नै निधन भएको हो । 

 

दुर्घटनामा निधन हुनेमा समिर मानन्धर रहेका छन् । गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीका अनुसार मानन्धर गत वर्ष मात्रै मेलवर्नबाट डार्बिन बसाइ सरेका थिए । टिआर भिषामा रहेका मानन्धर साथीसँग दुइ छुट्टा छुट्टै मोटरसाइकलमा घुम्न गएका बेला दुर्घटनामा परेका थिए ।

 

उनलाई ७४ वर्षिय पुरुष चालकले गुडाएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ । नर्दन टेरिटोरी प्रहरीका अनुसार कार चालकले मदिरा र लागु औषध सेवन गरेको भेटिएन । 

 

प्रहरीले घटना सम्बन्धी अनुसन्धान गरिरहेको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अष्ट्रेलियामा कोरोना कारण एकैदिन १६ जनाको मृत्यु

  • 3 minutes ago
अष्ट्रेलियामा कोरोना कारण एकैदिन १६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना कारण एकैदिन १६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा १६६९ जनाको ज्यान गइसकेको छ । त्यस्तै पछिल्लो एक दिनमा १८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

म किन गरीब ?

  • 10 minutes ago
म किन गरीब ?

सुखको लागि मानिस सबै थोक बदल्छ । भेष बदल्छ, देश बदल्छ, घर, जागिर, मित्र बदल्छ, श्रीमान्÷श्रीमती बदल्छ तर पनि दुःखी हुन्छ । किनकि ऊ आफू भित्रको स्वभाव र संसारलाई हेर्ने दृष्टिकोण बदल्न सक्दैन । अरू कुर

एमाले अधिवेशनः बाँकेमा ६ पालिकामा सर्वसम्मत

  • 12 minutes ago
एमाले अधिवेशनः बाँकेमा ६ पालिकामा सर्वसम्मत

नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।