झोलाभरी खानेकुरा लिएर अष्ट्रेलिया आएका एक नेपाली जोडीलाई विमानस्थलमा केरकार (भिडियोसहित)

Norvic Hospital

सिड्नी । झोलाभरी खानेकुरा लिएर अष्ट्रेलिया आएका एक नेपाली जोडीलाई विमानस्थलमा केरकार गरिएको भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियाको ब्रिसबेन आएका जोडीको झोलाभरी प्याकिङ गरिएका तथा नगरिएका खानेकुराहरु भेटिएपछि उनीहरु अष्ट्रेलियाका विमानस्थलका सुरक्षाकर्मीको केरकारमा परेका हुन् ।

 

सुरक्षाकर्मीले नेपाली जोडीको झोला शंकास्पद वस्तुले भरिएको फेला पारेपछि एक–एक गर्दै खोतलेको थियो । नेपाली जोडीले भने नेपालबाट लगिएका सामानहरुको बारेमा बेलिबिस्तार लगाएका थिए । सुरक्षाकर्मीले नेपालीहरुले लगेको खानेकुराहरु अवैध खाद्य वस्तु भन्दै तालिमप्राप्त कुकुर पनि प्रयोग गरेको भिडियोमा देख्न सकिन्छ ।

 

 

सो जोडीको ह्याण्डक्यारी तथा सुटकेसमा प्रसस्तै नेपाली परिकारहरु भेटिएको थियो । उनीहरुको सुटकेस खोतल्दा अष्ट्रेलियामा अत्यन्तै जोखिमयुक्त मानिने खाद्यवस्तु जस्तै स्याउ, ओखर, नरिवल, सागसब्जीका बिऊ, लगायत भाइमसालाको प्याकेट, दूध, दही, घिउ या तिनले बनेका मिठाइ फेला पारेको थियो ।

 

यस्ता खालका खानेकुरा ल्याउँदा आफ्नो ट्राभल कार्डमा सामानबारे उल्लेख गर्नुपर्ने नियम भए पनि उनीहरुले भने यो कुराको उलंघन गर्दा फन्दामा परेका हुन् । अन्य मुलुकहरुबाट ताजा फलफुल या तरकारी ल्याउँदा त्यसबाट रोग सर्न सक्ने अनि अष्ट्रेलियामा नभएका किटाणु, संक्रमणहरु भित्रिने र साथै देशको जैविक वातावरणका लागि पनि हानिकारक हुने हुँदा त्यस्ता सामान लैजान निषेध गरिएको छ । 

 

 

बिना पूर्वजानकारी लापरबाहीपूर्ण निषेधित वस्तुहरु भित्र्याउन खोजेको भन्दै नेपाली जोडीलाई ४२० अष्ट्रेलियन डलरको जरिबाना तिर्न लगाएका छन् । उनीहरुले नेपालबाट ल्याएका सामानहरु उच्च जोखिमयुक्त खानेकुराहरु नष्ट पारेर मात्रै अष्ट्रेलिया प्रवेश गर्न दिइएको हो ।

 

लगायत अन्य परिकार खुला रुपमा लैजान पूर्ण निषेध गरिएको छ । किनकि तिनले रोग या किटाणु फैलाउन सक्छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 8 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।