अष्ट्रेलियाली चिकित्सकद्वारा कोभिड–१९ खोपको विज्ञापन अभियान गर्न सरकार आग्रह

प्रतिकात्मक तस्बिर

सिड्नी । अष्ट्रेलियाका चिकित्सकहरूले कोरोनाभाइरस खोपको गलत सूचनालाई सम्बोधन गर्न तत्काल राष्ट्रिय विज्ञापन अभियानको आह्वान गर्न सरकारलाई सुझाब दिएका छन् । 

 

रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसनर्स (आरएसीजीपी) ले हालसालै सरकारलाई खोपप्रति सकारात्मक भावना खोप कार्यक्रमबारे सचेतना जगाउन विज्ञापन अनिवार्य र महत्वपूर्ण रहेको बताएको हो । 

 

“पक्कैपनि आफ्नो दोस्रो मात्राको खोपबारेमा चासो व्यक्त गरिरहेका छन् र स्वीकार गर्ने वा अस्वीकार गर्ने बहस नागरिकबीच हुनु वास्तविक चिन्ताको विषय हो । नागरिकमा खोपबारे जानकारी कम हुनसक्छ । विज्ञको सुझाबलाई सचेतनामूलक कार्यक्रमबाट उनीहरूसमक्ष पुर्याउनु जरूरी देखिन्छ ।” आरएसीजीपीका अध्यक्ष करेन प्राइसले नाइन इन्टरटेन्मेन्ट समाचार संस्थासँग भने । 

 

“मलाई लाग्छ हामीलाई महामारीले थकाएको छ । हामीले भ्रमलाई सम्बोधन गरेर अघि बढेनौँ भने यसबाट जोखिम निम्तिन सक्छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सोमबार राति एस्ट्रजेनेकाको कोभिड–१९ विरूद्धको खोेप लिन चाहने ४० बर्षमाथिका नागरिकहरुले नाम दर्ता गराउन आग्रह गरेका थिए। यसपहिले अष्ट्रेलियामा ६० बर्षमाथिका नागरिकलाई अस्ट्राजेनेकाद्वारा विकसित खोप लगाउन सिफारिस गरिएको थियो । प्रधानमन्त्रीको पछिल्लो आग्रहले अस्ट्रेलियाले ४० बर्षमाथिका नागरिकलाई उक्त खोप दिने तयारी थालेको बुझ्न सकिन्छ ।

 

“यदि हामी अभियान अगाडि बढ्नु अघि आपूर्ति बढ्ने प्रतीक्षा गर्छौं भने यस बीचमा धेरै मानिसहरूलाई खोपबारेको भ्रमलाई चिर्न अनिवार्य हुन्छ ।”अस्ट्राजेनेकाको खोप प्रयोग गर्दा रगत जम्ने सूचनाहरू आएपछि अस्ट्रेलियाली नागरिकले खोप लिने वा नलिने भन्नेमा बहस चलाएका छन् । रगत जम्ने भनी समाचार आएपनि विरलै मुद्दाहरूमा खोपको विकृति पाइएपछिसंघीय, राज्य र क्षेत्रीय नेताहरूले सोमबार यो खोपबाट आउने समस्यामा क्षतिपूर्ति दिन सहमत भएका हुन् ।

 

स्वास्थ्य विभागका प्रवक्ताले भने जनचेतना अभियान निरन्तर चलिरहेको जानकारी दिएका छन् ।सोमबार दिउँसो प्राप्त तथ्याङ्क अनुसार अस्ट्रेलियामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ३० हजार ५२८ रहेको छ भने उक्त अवधिमा स्वदेश तथा विदेशबाट आएका क्रमशः २३ र छ व्यक्तिमा नयाँ सङ्क्रमण भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

  • 29 minutes ago
सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्वमाओवादी केन्द्रका ने ताहरुको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

  • 34 minutes ago
दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताएका छन् ।

कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

  • 35 minutes ago
कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

काठमाडौँ । कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर अस्पतालको प्रमु



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।