अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, ६२७ जना संक्रमित थपिए

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमितहरुको मृत्यु भएको प्रिमियर ड्यानियल एन्ड्रिउजले बताएका छन् ।

 

त्यस्तै, प्रिमियर एन्ड्रिउजका अनुसार राज्यमा थप ६२७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । अष्ट्रेलियामा महामारी सुरु भएयता दोस्रो धेरै संक्रमित भेटिएको दिन हो । यसअघि बिहीबार उक्त राज्यमा  ७२३ जना संक्रमित भेटिएका थिए । 

 

प्रिमियर एन्ड्रिउजले एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्दै जाँदा समस्या उत्पन्न भएको बताएका छन् । संक्रमित बढेसँगै, प्रिमियर एन्ड्रिउजले राज्यमा फरक खालको लकडाउन लगाउने बताएका छन् । सबै खालको व्यवसाय बन्द हुने लकडाउन न्युजिल्याण्ड सरकारले लगाएको थियो । 

 

यता, न्यू साउथ वेल्स (एनएसडब्लु)मा भने थप २१ जनामा संक्रमण देखिएको छ । 

 


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।