अष्ट्रेलिया विशेषः मूख्य शहरभन्दा बाहिर प्रोपर्टी किन्दा के होला ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

घर ठूलो किनेर मात्रै पनि हुँदैन । त्यसको रेखदेख र सम्भार पनि गर्न सक्नुपर्छ । कुनै रात एक्लै बस्नप¥यो भने ठूलो घर डरको भकारी हुनसक्छ । 

 

मूख्य शहरभन्दा बाहिर प्रोपर्टी किन्दा के होला ?

 

प्रश्न: हामी एउटा घर किन्ने सोचमा छौं, तर थोरै डिपोजिट भएको र कमाइ पनि थोरै भएकोले गर्दा सिड्नीमा किन्न अलि गाह्रो पर्ला जस्तो छ । केही साथीहरुले मिलेर ब्रिसबेन देखि ६ घण्टा टाढा भर्खरै एउटा ब्रान्ड न्यू घर किन्नुभएको छ । के यस्ता प्रोपर्टी किन्नु कत्तिको उपयुक्त होला ?

 

जवाफः कुनै पनि प्रोपर्टी राम्रो र नराम्रो भन्ने हुँदैन । आफ्नो जीवन शैली, बर्तमान अवस्था र भविष्यको योजना अनुसार कुन ठाउँमा कस्तो खालको प्रोपर्टी किन्ने भनेर निर्णय गर्ने हो । साथीभाईले ब्रिसबेन देखि ६ घण्टा टाढाको एरियामा प्रोपर्टी किन्दा उहाँहरुको आफ्नो परिस्थिति अनुसार रिसर्च गरेर नै किन्नुभएको होला, त्यसैले त्यो रिसर्च अनि त्यो परिस्थिति तपाईंसंग ठ्याक्कै मिल्न पनि र नमिल्न पनि सक्छ ।

 

यदि तपाईं सिड्नीमा बस्नुहुन्छ र प्रोपर्टी चाहीँ बाहिर किन्दै हुनुहुन्छ भने तपाईंको पुरा ध्यान लगानीको हिसाबले कति फलिफाप हुन्छ भनेर सोच्नु पर्दछ, यसमा अरु कुनै इमोसन मिसाउनु हुँदैन । आफु बस्ने घरमा भए केही इमोसन पनि मिसिन सक्दछ, तर शुद्ध लगानी गरिने प्रोपर्टीहरुमा प्रतिफल मात्रै हेरिनुपर्दछ र दायाँ बायाँ अरु सोच्ने कुरा हुँदैन । लगानीको लागि किनिने प्रोपर्टीमा निर्णय गर्नुपूर्व केही कुराहरुलाई भने ध्यान दिनुपर्दछ ।

 

१. भाडामा लगाउन चाहेको खण्डमा कति सजिलो गरी भाडा लाग्दछ अनि एजेन्टले कति शुल्क लिन्छन ?

२. केही समय पछि बेच्न परेको खण्डमा कति सजिलोसँग बेच्न सकिन्छ, कति छिटो समयमा बेच्न सकिन्छ र यसबापत के कति शुल्क लाग्दछ ?

३. भौतिक रुपमा टाढा रहेको हुँदा कतिपय मर्मत सम्भार र ब्यबस्थापनका सम्पूर्ण काम एजेन्टको भरमा छोड्नुपर्ने हुँदा राम्रा खालका एजेन्ट त्यस एरियामा पाइन्छ कि पाइंदैन?

४. मुख्य शहरदेखि टाढा भएको हुँदा भोलिका दिनमा बैंकले थप पैसा निकाल्न वा कर्जा प्रवाह गराउन केही बन्देज लगाउन सक्दछ कि सक्दैन ?

 

यदि माथिका प्रश्नहरुमाथि जवाफ तपाइले सकारात्मक पाउनुभयो भने वा चित्त बुझ्दो रुपमा समाधान गर्न सक्ने गरी वैकल्पिक योजना बनाउनुभएको छ भने साथी–भाइको जस्तै लगानी गर्न ठिक हुन्छ । अन्यथा, आफुलाई जहा सजिलो लाग्दछ, त्यही एरियामा नै फोकस गरेको राम्रो हुन्छ ।

 

प्रश्नः हाम्रो परिवारमा दुइ जना श्रीमान–श्रीमती मात्र छौं र दुवै जना सिटीमा काम गर्छौ । अझै ३–४ बर्षपछि मात्र बच्चा जन्माउने सोचमा रहेका हामीलाई सिटीको छेउछाउमा युनिट किन्दा ठिक होला कि अलि टाढा गएर बडेमानको घर किन्ने होला? 

 

जवाफः यहाँ जस्तो बच्चा नभैसकेको जोडीलाई २ बेडरूम नै धेरै हुने अवस्थामा बडेमानको घर किन्ने भन्ने सोच एकदमै अव्यावहारिक हो । २ जना मात्र भएको परिवारमा एक रात बुढा वा बुढी काम बिशेषले घर नआउँदा त्यत्रो ठुलो घर कसैको लागि एक्लो र डर लाग्ने पनि हुन सक्छ । ठुलो किनेर मात्र पनि हुँदैन त्यसको मेन्टेन पनि त्यसै अनुसारको गर्न सक्नुपर्दछ । यहाँहरुको अहिलेको अवस्था भनेको जति सकिन्छ त्यति खटेर २–४ पैसा भने पनि अलि बढी नै कमाउँ भन्ने खालको हुनाले त्यत्रो ठुलो घरको रेखदेख गर्न नभ्याउन पनि सकिन्छ । त्यसैले यहाँहरु जस्तो बच्चा नभईसकेको अहिले अवस्थामा ठुलो घर किनेर टाढा बस्नुभन्दा पनि कामको छेउछाउतिर २ बेड रूमसम्मको युनिट किनेर बस्नु ठिक देख्छु । 

 

अहिले किनिने यूनिटपछि समयक्रमसँगै साँघुरो लाग्दै गयो भने यस यूनिटलाई भाडामा लगाएर आफुले भने जस्तो एरियामा घर किनेर पनि जान सक्नुहुनेछ । बरु यसो गर्दा डिपोजिट तयार पार्न गाह्रो भयो भने यही युनिटको बढेको भाउबाट पनि डिपोजिट गर्ने पैसा निकाल्न सकिन्छ । त्यसैले, अहिले युनिट किन्दा ठिक्क परेको तर भविष्यमा भाउ बढ्न सक्ने खालको हुनु जरूरी छ । युनिट किन्दा लिइने होमलोनको किस्ता अहिले तिर्दै आएको भाडाभन्दा धेरै बढी नपर्ने गरी र हिस्टोरिकल रुपमा भाउ बढेका वा भाउ बढ्ने सम्भावना बोकेका सबअर्बहरुमा किन्ने तर्फ यहाँले जोड दिनु राम्रो हुन्छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

  • 12 minutes ago
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

  • 32 minutes ago
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

  • 39 minutes ago
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवक



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।