अष्ट्रेलिया विशेषः रिजनल भिसा पाइँदैन ?
- Sanjeev Pandey
- आइतबार, १५ आषाढ, २०७६
- 3 years ago
- अष्ट्रेलिया

अचेल धेरैजना आइएल्ट्स दिन छाडेर पीटीईतर्फ लागेका छन् । के यो परीक्षा आइएल्ट्सभन्दा सजिलो हुने हो र?
त्यसरी सजिलो नै भन्न त मिल्दैन । तर हाम्रा कतिपय ग्राहकहरू जसले आइएल्ट्समा कहिले पनि चाहिने स्कोर ल्याउन सकेका थिएनन्, तिनले पीटीईबाट भने चाहिने स्कोर ल्याएको हामीले पाएका छौँ । त्यसो भन्दै गर्दा हामीले यो पनि बिर्सनु हुँदैन कि आइएल्ट्समा चाहिने स्कोर ल्याउन नसकेर पीटीईतर्फ लागेकाहरूले पीटीईमा पनि असफलता पाएका उदाहरणहरू पनि प्रशस्तै छन् । यदि तपाईंले कहिले पनि पीटीई दिनुभएको छैन भने त्यो पनि कोशिस गरी हेर्नु भने राम्रै हुन्छ । के थाहा, तपाईंलाई पीटीईको फर्म्याट सजिलो पो लाग्छ कि !
पीटीईलाई छिट्टै नै इमिग्रेशनले मान्यता दिन छाड्दैछ रे भन्ने हल्ला छ नि?
मैले त्यसबारेमा अहिलेसम्म आधिकारिक निकायबाट केही पनि सुनेको छैन ।
म गएको आठ महिनादेखि अकाउन्टिङमा रिजनल भिसा खुल्ला भन्ने आशा गरेर बसेको छु । जुलाईबाट फेरि रिजनल भिसा खुल्छ भन्ने सुनेको थिएँ । तर अझैसम्म खुलेको छैन । यसबारेमा केही अपडेट छ?
हालसम्म त्यस्तो अपडेट खासै केही पनि छैन । तर निकट भविष्यमा अकाउन्टिङका लागि रिजनल भिसा खुल्न सक्ने सम्भावना भने छ ।
मैले गएको मार्च महिनामा मास्टर्स डिग्री सिध्याएँ । गत अप्रिलमा टीआर पनि हालिसकेको छु । तर मेरो स्टुडेन्ट भिसा अक्टोबर २०१६ मा मात्र सकिन्छ । मेरा केही साथीहरूले बताएअनुसार मैले अक्टोबर महिनासम्म मैले अंग्रेजी वा अरू कुनै कोर्समा भर्ना गरेर पढिरहनुपर्छ । के यो कुरा साँचो हो? यदि हो भने मैले अक्टोबरभन्दा पहिले फुल टाइम काम गर्न पाउँछु कि पाउँदिन?
तपाईंले अंग्रेजी वा अरू विषयमा भर्ना गरेर पढिरहनुपर्ने आवश्यकता म देख्दिनँ । तपाईंले जुन तह पढ्नको निम्ति विद्यार्थी भिसा पाउनुभएको थियो, त्यो विषय सिध्याइसक्नु भएको छ । कामको सन्दर्भमा पनि तपाईंलाई फुल टाइम काम गर्न कुनै समस्या छैन । तर तपाईंले बिर्सन नहुने कुरा के छ भने टीआरको लागि आवेदन दिएको कारणले तपाईंले जुन ‘ब्रिजिङ भिषा ए’ पाउनुभएको छ, त्यो भने अक्टोबर महिनामा तपाईंको विद्यार्थी भिसा सकिएपछि मात्र लागू हुन्छ । त्यतिञ्जेलसम्म तपाईं कानुनी हिसावले विद्यार्थी भिसामा नै रहनुहुन्छ ।
यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने info@nepalipatra.com.au मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ। (सम्पादक
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- 8 minutes ago
काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
- 20 minutes ago

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 40 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।