अष्ट्रेलिया विशेषः ठुलो जग्गा किनेर ३ परिवार मिलेर घर बनाउँदा के होला ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

अस्ट्रेलियाको सवालमा एउटा ठुलो जग्गा किनेर त्यहीँ ३ वटा घर बनाउने भन्ने कुरो त्यति सहज छैन । सबैभन्दा पहिले त्यहाँको स्थानीय काउन्सिलको धारणा बुझ्नुपर्दछ र उक्त जग्गामा ३ वटा घर बनाउन योग्य छ वा छैन भन्ने बारे प्रष्ट हुनुपर्दछ ।

 

प्रश्नः हामी ३ जना परिवारमा एकदम घनिष्टताको सम्बन्ध छ र हाम्रो पीआर पनि एकै समयको हाराहारीमा आएको छ । अब घर किन्ने बेला भएको छ र जता गएर घर किनेपनि सँगसँगै बस्ने सल्लाह गरेका छौं । केहि समय पहिले एक ठाउँमा ठुलो जग्गा देखेका थियौं, कतै त्यो जग्गा किनेर ३ वटा घर बनाएर बस्ने कि भन्ने लागिरहेको छ । यस्तो बिचार कत्तिको ब्यवहारिक होला ?

 

जवाफः सर्वप्रथम त यहाँहरुको मित्रता र संगै आएको पीआरको लागि हार्दिक बधाई दिन चाहन्छु । आफ्ना मन मिल्ने साथीसंगी नजिकै घर किनेर बस्ने चाहना आफैमा राम्रो बिचार हो । विदेशको भूमिमा आइसकेपछि छरछिमेकको आवश्यकता पनि उत्तिकै रहन्छ । गाह्रो साह्रो पर्दा सरसहयोगदेखि कहिलेकाहीँ बालबच्चाको रेखदेख पनि पालैपालो गर्न सकिन्छ । घर किन्ने सवालमा भने हामीले अलि इमोशनभन्दा माथि उठेर बिचार पु¥याउनुपर्छ । यहाँहरुको मित्रता र रहन–सहन उस्तै देखिए पनि आर्थिक अवस्था र नेपालमा हेर्नु पर्ने र नपर्ने स्थिति फरक हुन सक्दछ । आर्थिक अवस्था भन्नाले आम्दानीको स्तर, कामको प्रकार, डिपोजिटको साइज र ओभरटाइम गर्नु पर्ने, नपर्ने आवश्यकताले यहाँको दैनिकीमा असर गर्दछ । त्यसैले, कुन ठाउँमा घर किन्ने भनेर विचार गर्दा भावनामा बहकिएर भन्दा ब्यबहारिक कुराहरुको आधारमा उपयुक्त सबअर्बको चयन गरिनुपर्दछ । यदि यहाँहरु सबैको अवस्था पनि उस्तै छ र काम गर्ने ठाउँबाट पनि उत्तिकै पायक पर्दछ भने चाहीँ तपाइले भनेजस्तो एकै सबअर्बमा बस्न खोज्नु राम्रो हुन्छ्र ।

 

अस्ट्रेलियाको सवालमा तपाइले सोच्नुभएको जस्तो एउटा ठुलो जग्गा किनेर त्यहीँ ३ वटा घर बनाउने भन्ने कुरो त्यति सहज छैन । सबैभन्दा पहिले त्यहाँको स्थानीय काउन्सिलको धारणा बुझ्नुपर्दछ र उक्त जग्गामा ३ वटा घर बनाउन योग्य छ र छैन भन्ने बारे प्रष्ट हुनुपर्दछ । त्यसैगरी, ऋण लिएर जग्गा किन्ने अनि ऋणै लिएर घर बनाउने हुनाले कुन–कुन बैंकले यस्ता परियोजनामा सहयोग गर्न सक्दछन भनेर मोर्टगेज ब्रोकरसँग परामर्श लिनुपर्दछ । ३ वटा परिवारको सम्पूर्ण आर्थिक विवरण तानिने हुँदा ऋण दिने मामलामा बैंकले कत्तिको रुचि देखाउँछ भन्ने पनि जान्नु जरूरी छ । उपयुक्त बिल्डरको छनौट अनि टाइममा नै काम सम्पन्न गराउन सक्ने कार्यक्षमता भएन भने निर्माण लागत महँगो पनि पर्न सक्दछ । ३ वटा परिवार संलग्न भएको हुँदा निर्णय प्रक्रिया केहि झन्झटिलो हुने र सोही गतिमा प्रोजेक्ट अगाडी बढ्ने हुँदा परिवारका बिचमा मनमुटाव नआउला भन्न पनि सकिन्न । 

 

त्यसैले, मेरो बिचारम यस्ता परियोजना सुन्दर लागेता पनि ब्यबहारिक रुपमा धेरै नै झन्झटिलो हुन सक्दछन् । आफ्ना वरिपरिकै तथ्यांकलाइ हेर्दा पनि यस्ता परियोजना सम्पन्न गरेर बसेका परिवार भेटिन गाह्रो देखिन्छ । जसले गर्दा यस्ता परियोजना त्यति ब्यबहारिक नभएको ठहर गर्न सकिन्छ । यदि यहाँहरुको चाहना सँगसँगै बस्ने हो भने बरु एकै सबअर्बमा र मिल्छ भने एकै स्ट्रीटमा पाइने वा पाउन सकिने छुट्टा–छुट्टै घर किन्नु वा जग्गा लिएर आ–आफ्नै घर बनाउनु सजिलो र छरितो उपाय हो । आखिर २०० मिटर वरिपरि बसेमा त्यति टाढा बसेजस्तो न्यास्रो पनि महसुस हुँदैन र यहाँहरुको आफ्नै घरमा सर्ने योजना पनि छिट्टै कार्यान्वयन हुन सक्दछ । चाहे जे जस्तो निर्णय गर्नुहोस, घर र ऋण सम्बन्धी ब्यबसायीक सरसल्लाह लिएर अगाडी बढ्नुभएमा यहाँलाई धेरै जटिलताबाट सजिलै उम्किन मद्धत मिल्छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

  • 4 minutes ago
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • 14 minutes ago
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ

आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

  • 26 minutes ago
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।