अस्ट्रेलियाको नागरिकता त्याग्न मैले के गर्नुपर्छ ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

मैले अस्ट्रेलियाको नागरिकता लिएको तीन वर्ष भयो । तर अब म स्थायी रुपमै नेपाल गएर बस्ने सोचमा छु । अस्ट्रेलियाको नागरिकता त्याग्न मैले के गर्नुपर्छ ? 

 

तपाईंको प्रश्नको सन्दर्भमा हेर्दा अस्ट्रेलिया र नेपाल दुवै देशको कानुन विचार गर्नुपर्ने हुन्छ । १८ वर्षभन्दा बढी उमेरका अस्ट्रेलियाली नागरिकले अस्ट्रेलियाको नागरिकता त्याग्न चाहेमा त्यसो गर्न पाउने प्रावधान छ । तर अस्ट्रेलियाले ‘राज्यविहीनता न्यूनीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी’मा हस्ताक्षर गरेको हुनाले उसका केही शर्तहरुको पालना भने गर्नुपर्ने हुन्छ । दोहोरो नागरिकताको व्यवस्था भएका देशका नागरिकहरुका सम्बन्धमा खासै समस्या पर्दैन, किनभने अस्ट्रेलियाको नागरिकता त्यागे पनि ऊसँग अर्को देशको नागरिकता हुन्छ । तर नेपालले अझै पनि दोहोरो नागरिकताको व्यवस्था नगरेको हुनाले अस्ट्रेलियाले त्यत्तिकै यहाँको नागरिकता त्याग्न दिँदैन किनभने त्यसो गर्दा तपाईं राज्यविहीन हुन पुग्नुहुन्छ । 

 

म मेरी श्रीमतीसँगै अष्ट्रेलिया आएको हुँ । तर, अहिले हाम्रो सम्बन्धविच्छेदको कानुनी प्रक्रिया चलिरहेको छ । म आफै कलेजमा भर्ना गरेर पढ्न चाहन्छु, तर  मेरो अंग्रेजी धेरै नै कमजोर छ ।  आइएल्ट्स नदिइकनै पनि विद्यार्थी भिसा पाउन सकिने सम्भावना छ ?

 उच्च शिक्षाको लागि आइएल्ट्स अनिवार्य भएपनि अंग्रेजी भाषा पढ्ने भिसा (एलिकोस)को लागि भने आइएल्ट्स दिइराख्नुपर्ने कुनै जरूरत छैन । एलिकोसमा भर्ना गरेर तपाईंले स्टुडेन्ट भिसाको लागि आवेदन दिन सक्नुहुन्छ ।

 

मेरो स्टुडेन्ट भिसा सकिन अझै दुई महिना बाँकी हुनुपर्ने हो । भिसा थप्नको लागि अनलाइन आवेदन दिन खोजेको थिएँ तर सिस्टमले लिँदै लिएन । अध्यागमन विभागमा फोन गरेको त मेरो भिसा तीन महिना अगाडि नै रद्ध भइसकेको छ रे । अब मसँग के विकल्प रहन्छ? 

तपाईं अध्यागमन विभागको कम्प्लायन्स सेक्सनमा सम्पर्क गर्न जानुहोस् र के कारणले भिसा रद्ध भएको रहेछ, त्यो बुझ्नुहोस् । भिसा रद्ध हुने प्रमुख कारण भनेको तपाईंको शैक्षिक संस्थाले जारी गरेको सेक्सन २० सूचना हो । यदि तपाईंको भिसा माइग्रेशन ऐनको सेक्सन १३७ ‘जे’ अन्तर्गत रद्ध भएको हो भने तपाईंले सोही ऐनको १३७ ‘के’ अनुसार उक्त भिसा रद्ध गर्ने निर्णय हटाउनको निम्ति तुरुन्त निवेदन दिन सक्नुहुन्छ । यस प्रक्रियामा तपाईंलाई रजिष्टर्ड माइग्रेशन एजेन्टले सहयोग गर्न सक्छन् । 

 

अष्ट्रेलियाको अध्यागमन मन्त्रीले चाहेमा जसलाई जुनसुकै भिषा पनि दिन सक्छन् भन्ने सुनेको छु । के हामीले सिधैं मन्त्रीलाई चिठ्ठी लेख्न मिल्छ? 

 

माइग्रेशन एक्ट १९५८ को धारा ३५१, ४१७ र ५०१ ‘जे’ ले अध्यागमन मन्त्रीलाई विशेष अधिकार दिएको छ । यस्तो अधिकार मन्त्रीले स्वेच्छिक रूपमा प्रयोग गर्दछन् । र, उनलाई यी अधिकार प्रयोग गरी कुनै निर्णय गर्न बाध्य पार्न सकिँदैन ।

 

मन्त्रीलाई तपाईंले सिधै चिठ्ठी लेख्न मिल्छ, तर त्योभन्दा पहिले तपाईंको केसमा रिभ्यु ट्राइब्युनलबाट निर्णय आइसकेको हुनुपर्दछ । जस्तै, तपाईंको विद्यार्थी भिसा रद्ध भयो भने तोकिएको समयभित्र तपाईंले माइग्रेशन रिभ्यू ट्राइब्युनलमा आवेदन दिन पाउनुहुन्छ । यदि ट्राइब्युनलले पनि तपाईंको भिसा रद्ध गर्ने निर्णयलाई सदर ग¥यो भनेमात्र तपाईंले मन्त्रीसमक्ष आवेदन दिन पाउनुहुन्छ । 

 

कहिलेकाहीं ट्राइब्युनलको निर्णयपछि पनि मन्त्रीसमक्ष आवेदन दिन नपाइने अवस्था हुनसक्छ । जस्तैः 

१. अध्यागमन विभागले गरेको निर्णय ट्राइब्युनलले पुनर्विचार गर्न मिल्ने अधिकार क्षेत्रभित्र नपर्ने भएमा, 

२. ट्राइब्युनलले तपाईंको केस पुनर्विचारको लागि अध्यागमन विभागमै फिर्ता पठाइदिएमा,

३. ट्राइब्युनलमा दर्ता गरिएको आवेदन वैध नभएमा वा निर्धारित समयसीमाभित्र दर्ता भएको नभेटिएमा, आदि ।   

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने अध्यागमन मन्त्रीले अत्यन्तै थोरै केसमा मात्र आफ्नो अधिकार प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले आफ्नो केसलाई कसरी बलियो रूपमा प्रस्तुत गर्ने भन्ने कुरामा विचार पु¥याउनु पर्दछ । 

 

के यसको लागि माइग्रेशन एजेन्ट नै प्रयोग गर्नुपर्दछ ?

जरूरी छैन, तर अनुभवी माइग्रेशन एजेन्टले तपाईंलाई उचित सल्लाह र मार्गनिर्देशन दिन सक्छन् । अस्ट्रेलियामा मारामा दर्ता भएको व्यक्तिले बाहेक अन्य व्यक्तिले माइग्रेशन सम्बन्धी सल्लाह दिनु गैरकानुनी मानिन्छ (सांसद वा उनका कर्मचारी, आफ्नै परिवारका सदस्यजस्ता अरू केही सीमित व्यक्तिले मात्र माइग्रेशन सम्बन्धी काममा सहयोग पु¥याउन पाउँछन्)। 

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने info@nepalipatra.com.au मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

  • 10 minutes ago
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

  • 22 minutes ago
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

  • 42 minutes ago
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।