अष्ट्रेलिया विशेषः ४५७ भिसामा ठगिनबाट कसरी बच्ने ?
- Sanjeev Pandey
- सोमबार, ९ आषाढ, २०७६
- 3 years ago
- अष्ट्रेलिया

अस्ट्रेलियाको एउटा टेलिभिजन च्यानलले केही महिना पहिले प्रसारण गरेको एउटा रिपोर्टले ठूलै हलचल मच्चाएको थियो । ४५७ भिसा मिलाइदिने नाममा एउटा सिंगापुरे कम्पनीले सैयौँ विदेशी विद्यार्थीहरूबाट लाखौं डलर ठगेको र त्यसरी ठगिनेमध्ये कैयौँ नेपाली विद्यार्थीहरू पनि परेको उक्त रिपोर्टमा देखाइएको थियो । अहिले उक्त ठगी प्रकरण अदालतमा पुगेको बुझिएको छ ।
४५७ भिसा भनेको के हो ?
विदेशी कामदारहरूलाई अस्थायी रूपमा अस्ट्रेलियामा काम गर्न दिने भिसा नै ४५७ भिसा हो । खास नाम Temporary Work (Skilled) भए पनि धेरैले यो भिसालाई यसको सबक्लास नम्बरकै आधारमा चिन्छन् । यो भिसा एक पटकमा बढीमा ४ वर्षसम्मका लागि जारी गरिन्छ । दुई वर्ष यो भिसामा बसेको व्यक्तिलाई सबै मापदण्ड पुगेको अवस्थामा उसको रोजगारदाताले पीआरका लागि पनि नोमिनेट गर्नसक्ने भएकोले यो भिसालाई पीआर पाउने एउटा गतिलो माध्यमको रूपमा लिइन्छ ।
कसरी ठगिएछन् नेपालीहरू ?
उक्त रिपोर्टमा प्रस्तुत गरिएकामध्ये एक जना पीडित नेपालीले बताए अनुसार उनीसँग उक्त कम्पनीले ४५७ भिसाको लागि ४५ हजार डलर मागेको थियो । जसमध्ये उनले २० हजार डलर सुरुमै बुझाएकी थिइन् । २५ हजार डलर काम सकिएपछि दिने शर्त थियो । तर, कम्पनीले उनलाई भिसा दिलाउन सकेन र पैसा फिर्ता गर्न पनि आनाकानी गरिरहेको छ ।
के ४५७ भिसा त्यति महंगो छ ?
४५७ भिसा कामदारको लागि सबैभन्दा कम खर्चिलो भिसा हो किनभने नियमअनुसार यो भिसामा कामदार स्पोन्सर गर्दा लाग्ने सबै खर्च रोजगारदाताले नै ब्यहोर्नुपर्दछ । ४५७ भिसाकै लागि ४०÷४५ हजार डलर खर्च गर्न खोज्नु या त विद्यार्थीले यस भिसाको बारेमा राम्रोसँग नबुझेको कारणले भएको हो या त सोझो बाङ्गो जुनसुकै बाटोबाट भए पनि भिसा लिएरै छाड्ने आकांक्षाको परिणाम हो ।
ठगिनबाट जोगिन के गर्ने ?
पैसा नदिने । यो नै सबैभन्दा उत्तम उपाय हो । मैले कैयौँ नेपाली विद्यार्थी भेटेको छु, जसलाई उसको रोजगारदाताले एक डलर पनि खर्च नगराइकन स्पोन्सर गरिदिएका छन् । रोजगारदातालाई जहिले पनि काम गर्ने दक्ष, इमान्दार र मेहनती मान्छे चाहिन्छ र त्यस्ता कामदारलाई स्पोन्सर गर्न उनीहरू सहर्ष राजी हुन्छन् ।
हरेक सिक्काका दुई वटा पाटा हुन्छन् । जब कोही व्यक्ति कुनै कुराको लागि मरिहत्ते गरेर लागेको हुन्छ र सो प्राप्तिको लागि जुनसुकै मूल्य तिर्न पनि तयार हुन्छ, त्यतिखेर उसको त्यो कमजोरीबाट फाइदा उठाउने अर्को वर्ग जन्मिन्छ । लोभी भएका ठाउँमा पापीहरू पनि धेरै सल्बलाउँछन् ।
सानो सुझाव
४५७ भिसा राम्रो भिसा हो । अहिले सुनिएका ठगीका घटना केही अपवादमात्र हुन् । रोजगारदाताले काम गर्ने मान्छे पाउने र कामदारले राम्रो तलब र भिसा पाउने यो व्यवस्थालाई सरकारले प्राथमिकताका साथ निरन्तरता दिंदै आएको छ ।
ठगीबाट बच्न भने ग्राहक सचेत हुनैपर्छ । आफूले पढेको वा लाइसन्स लिएको क्षेत्रमा सानै तहबाट भए पनि काम थाल्नु यो भिसामार्फत पीआर पाउनका लागि पहिलो खुड्किलो हो । काम सिकेपछि गतिलो रोजगारदाता नपाइने भन्ने प्रश्नै हुँदैन ।
किनभने उसलाई पनि दक्ष कामदार चाहिएकै हुन्छ । ४५७ भिसा चाहनेहरूले आफ्नो क्षेत्रमा पहिल्यैबाट काम गरिरहेका व्यक्तिहरूसँग सम्पर्क बढाउनु उपयुक्त हुन्छ किनभने उनीहरूले तपाईंलाई उक्त क्षेत्रमा प्रवेश गराउन र काम सिक्न सहयोग गर्न सक्छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु
- 14 minutes ago

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द
इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन
- 24 minutes ago

जेरुसेलम। इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन्। प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस(पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो। चार वर्षभन्दा
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री
- 29 minutes ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्। प्रधानमन्त्री न
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।