अष्ट्रेलिया विशेषः के अध्यागमन मन्त्रीलाई सिधै चिठ्ठी लेखेर म भिसा माग्न सक्छु ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

अस्ट्रेलियाको अध्यागमन मन्त्रीले चाहेमा जसलाई जुनसुकै भिसा पनि दिन सक्छन् भन्ने सुनेको छु । के हामीले सिधै मन्त्रीलाई चिठ्ठी लेख्न मिल्छ ? 

 

माइग्रेशन एक्ट १९५८ को धारा ३५१, ४१७ र ५०१ ‘जे’ ले अध्यागमन मन्त्रीलाई विशेष अधिकार दिएको छ । यस्तो अधिकार मन्त्रीले स्वेच्छिक रूपमा प्रयोग गर्दछन् । र उनलाई यी अधिकार प्रयोग गरी कुनै निर्णय गर्न बाध्य पार्न सकिँदैन ।

 

मन्त्रीलाई तपाईंले सिधै चिठ्ठी लेख्न मिल्छ । तर, त्यो भन्दा पहिले तपाईंको केसमा रिभ्यु ट्राइब्युनलबाट निर्णय आइसकेको हुनुपर्दछ । जस्तै, तपाईंको विद्यार्थी भिसा रद्ध भयो भने तोकिएको समयभित्र तपाईंले एड्मिनिस्ट्रेटीभ अपील ट्राइब्युनलमा आवेदन दिन पाउनुहुन्छ । यदि ट्राइब्युनलले पनि तपाईंको भिसा रद्ध गर्ने निर्णयलाई सदर ग¥यो भनेमात्र तपाईंले मन्त्रीसमक्ष आवेदन दिन पाउनुहुन्छ । 

 

कहिलेकाहिँ ट्राइब्युनलको निर्णयपछि पनि मन्त्रीसमक्ष आवेदन दिन नपाइने अवस्था हुनसक्छ । जस्तैः 

 

१। अध्यागमन विभागले गरेको निर्णय ट्राइब्युनलले पुनर्विचार गर्न मिल्ने अधिकार क्षेत्रभित्र नपर्ने भएमा, 

 

२। ट्राइब्युनलले तपाईंको केस पुनर्विचारको लागि अध्यागमन विभागमै फिर्ता पठाइदिएमा,

 

३। ट्राइब्युनलमा दर्ता गरिएको आवेदन वैध नभएमा वा निर्धारित समयसीमाभित्र दर्ता भएको नभेटिएमा, आदि ।   

 

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने अध्यागमन मन्त्रीले अत्यन्तै थोरै केसमा मात्र आफ्नो अधिकार प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले आफ्नो केसलाई कसरी बलियो रूपमा प्रस्तुत गर्ने भन्ने कुरामा विचार पु¥याउनुपर्दछ ।

 

कस्तो अवस्थामा अध्यागमन मन्त्रीले आफ्नो अधिकार प्रयोग गर्ने गर्दछ

 

अध्यागमन मन्त्रीले आफूले पाएको अधिकारको प्रयोग विशेष परिस्थितिमा र विरलै मात्र गर्ने गर्दछन् । उनले आफ्ना कर्मचारीहरूका लागि निर्देशिका जारी गरेका हुन्छन् । जसमा यस्तो—यस्तो अवस्थाका केसहरूलाई मात्र आफू कहाँ प्रस्तुत गर्नु भनेर निर्देश गरिएको हुन्छ ।

 

अध्यागमन मन्त्रीले आफ्नो विशेषाधिकार प्रयोग गर्नको लागि उक्त केस ‘विशेष वा असाधारण परिस्थितिजन्य’ हुनुपर्दछ । त्यसका केही उदाहरणहरू तल दिइएका छन्

 

१. बाल अधिकार वा वालहितसँग सम्बद्ध केसः अस्ट्रेलियाले बाल अधिकारसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको छ । त्यसैले बालवालिकाको अधिकार, हित र संरक्षणसँग सम्बन्धित विषयलाई उसले गम्भीरताका साथ लिने गर्दछ । तपाईंले अस्ट्रेलिया छाड्दा किन बालवालिकाको अहित हुन्छ भन्ने कुरालाई तपाईंले प्रष्ट्याउन सक्नुपर्दछ । बच्चाको मेडिकल रिपोर्ट, तपाईंको वैधानिक घोषणा -Statutory declaration आदिलाई प्रमाणको रूपमा पेश गर्न सकिन्छ ।

 

२. अस्ट्रेलियन नागरिकलाई हानी वा गाह्रो हुने अवस्थाः तपाईंलाई अस्ट्रेलियामा बस्ने भिसा नदिँदा अस्ट्रेलियन नागरिक वा स्थायी बासिन्दा (पीआर) लाई ठूलो नोक्सानी वा दीर्घकालीन रूपमा अप्ठ्यारो हुने परिस्थिति छ भन्ने आधार पेश गर्न सकिएमा पनि मन्त्रीले तपाईंलाई भिसा दिन सक्छन् । यसको प्रमाणको रूपमा नाता प्रमाणित हुने कागजात, संयुक्त बैंक खाता, वैधानिक घोषणा, मेडिकल रिपोर्ट, अस्ट्रेलियन नागरिक वा पीआरलाई तपाईंको निरन्तर उपस्थिति र स्याहारको जरूरत छ भन्ने व्यहोराको विशेषज्ञको रिपोर्ट आदि पेश गर्न सकिन्छ ।

 

३. आर्थिक, वैज्ञानिक, सांस्कृतिक आधारमा अस्ट्रेलियालाई असाधारण फाइदा हुने अवस्थाः तपाईंको कारणले गर्दा अस्ट्रेलियालाई विशेष फाइदा हुन्छ भन्ने आधार दिन सकिएमा पनि मन्त्रीले तपाईंलाई भिसा दिन सक्छन् । तपाईंको दाबीलाई पुष्टि गर्नको निम्ति तपाईंले आफूले हासिल गरेका प्रमाणपत्र र पुरस्कार, शैक्षिक प्रमाणपत्र, रोजगारदाताले दिएको पत्र आदि पेश गर्न सक्नुहुन्छ ।

 

४. उमेर, स्वास्थ्य अथवा मानसिक अवस्थाः आफ्नो देशमा फर्काउँदा तपाईंलाई गम्भीर असर पर्नसक्ने आधार देखाएर पनि मन्त्रीसमक्ष भिसाको लागि आवेदन दिन सकिन्छ । प्रमाणको रूपमा मेडिकल रिपोर्ट, परिवारका सदस्यले लेखिदिएको चिठ्ठी आदि बुझाउन सकिन्छ । 

 

५. अस्ट्रेलियामा बसेको अवधिः तपाईंले आफ्नो जीवनको कति समय अस्ट्रेलियामा बिताउनु भएको छ र अस्ट्रेलियाली समाजमा कत्तिको भिज्नुभएको छ भन्ने आधारमा पनि तपाईंलाई भिसा दिने कि नदिने भन्ने निर्णय हुनसक्छ । तपाईंले कुनै व्यवसाय गरेर बस्नुभएको भए सोको प्रमाण, सामुदायिक गतिविधिमा तपाईंको संलग्नता, तपाईंको बालवच्चा स्कुलमा पढिरहेको प्रमाण, सामुदायिक संघसंस्थाले लेखिदिएको चिट्ठी आदिलाई निवेदनसाथ संलग्न गर्न सकिन्छ । 

 

६. कानुनले अपेक्षा नगरेको स्थिती वा कानुनको हुबहु प्रयोग गर्दा अन्यायपूर्ण र अव्यवहारिक नतिजा आउने स्थितीः कुनै कुनै अवस्थामा कानुनको प्रयोग अक्षरशः गर्दा कानुनले अपेक्षा गरेको भन्दा भिन्न परिणाम आउने परिस्थिति हुनसक्छ । अध्यागमन विभाग र ट्राइब्युनलले निर्णय गर्दा कानुनी आधारमा मात्र गर्नुपर्ने भएकोले उनीहरूले चाहेर पनि तपाईंको पक्षमा निर्णय दिन नमिल्ने हुनसक्छ । यस्तो अवस्थामा अध्यागमन मन्त्रीले तपाईंलाई फाइदा हुने गरी निर्णय दिन सक्छन् । 

 

अध्यागमन मन्त्रीलाई नै चिठ्ठी लेख्ने भनेको अरू कानुनी उपायबाट आफ्नो पक्षमा फैसला हुन नसक्दाको अवस्थामा मात्र हो । यस मानेमा  यो चरण तपाईंको लागि झन् धेरै महत्वपूर्ण हुन्छ । त्यसैले सम्पूर्ण प्रमाण जुटाएर र विज्ञहरूको सल्लाह लिएर मात्र यो प्रक्रियामा जानु उचित हुन्छ ।

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने info@nepalipatra.com.au मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ।  ९सम्पादक 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

  • 8 minutes ago
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग

नेप्सेमा उच्च अंकको वृद्धि

  • 16 minutes ago
नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व

बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु

  • 33 minutes ago
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।