यस्तो अवस्था रहेको छ भने अष्ट्रेलियामा तपाईले फुलटाइम काम गर्न पाउनुहुन्न ?
- Sanjeev Pandey
- शनिबार, ७ आषाढ, २०७६
- 3 years ago
- अष्ट्रेलिया

मेरी श्रीमती अहिले अकाउन्टिङमा ग्राजुएट डिप्लोमा गर्दैछिन् । यो मास्टर्स् लेभलको कोर्स भएकोले मैले त फुलटाइम काम गर्न पाउँछु नि, होइन?
पाउनुहुन्न, किनभने ग्राजुएट डिप्लोमालाई मास्टर्स डिग्री सरह मानिँदैन । यद्यपि ३ वा ४ सेमेस्टरको मास्टर्स डिग्रीको पहिलो दुई सेमेस्टरलाई ग्राजुएट डिप्लोमाको रूपमा पढाउने चलन भने धेरै नै छ । अस्ट्रेलियन क्वालिफिेकशन फ्रेमवर्कमा ग्राजुएट डिप्लोमा लेभल ८ को कोर्स हो भने मास्टर्स डिग्री लेभल ९ को कोर्स हो ।
तपाईंको भिसामा शर्त ८१०४ लगाइएको हुन्छ । यसको विस्तृत अर्थसहितको पत्र पनि तपाईंलाई दिइएको हुन्छ जसमा कोर्सवर्क वा रिसर्चमा ‘मास्टर्स’ वा पीएचडी गर्ने विद्यार्थीका परिवारका सदस्यले मात्र असीमित घण्टासम्म काम गर्न पाउने भनेर स्पष्टसँग नै लेखिएको हुन्छ ।
म सबक्लास १८९ भिसाको निर्णय कुरिरहेको छु । मेरो गर्लफ्रेण्डसँग अर्को हप्ता मेरो बिहे हुँदैछ । मेरो पीआर आएपछि श्रीमतीको लागि पार्टनर भिसाको लागि आवेदन दिँदा उनले २ वर्ष कुर्नुपर्छ भन्ने सुनेको छु । के यही भिसामा उनलाई थप्न मिल्दैन?
मिल्छ । तपाईंले तुरुन्तै आफ्नो माइग्रेशन एजेण्टलाई वा यदि एजेण्ट नियुक्त गर्नुभएको छैन भने सिधै इमिग्रेशन डिपार्ट्मेन्टलाई सम्पर्क गरेर आफ्नो विवाह हुन लागेको र आफ्नो श्रीमतीलाई पनि सोही भिसामा संलग्न गर्न लागेको जानकारी दिनुहोला । विवाह दर्ता भएपछि विवाहको प्रमाणपत्र, श्रीमतीको पासपोर्ट, फारम नम्बर १४३६ र १०२२ सहित अन्य प्रमाणहरू संलग्न गरेर बुझाउनुहोला ।
यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने info@nepalipatra.com.au मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु
- 5 minutes ago

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द
इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन
- 16 minutes ago

जेरुसेलम। इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन्। प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस(पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो। चार वर्षभन्दा
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री
- 21 minutes ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्। प्रधानमन्त्री न
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।