'ढुक्क हुनुहोस्, अष्ट्रेलियाको समस्या चाँडै समाधान हुन्छ'
- शुक्रबार, १० फागुन, २०७५
- 3 years ago
- अष्ट्रेलिया

पोखरा । अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजि खारेज भएसँगै भविष्यको चिन्तामा डुबेका विद्यार्थी र उनीहरुको नेपालस्थित अभिभावकहरुलाई धैर्यता राख्न नेपाल शैक्षिक परामर्श संघ (इकयान) ले आग्रह गरेको छ । विद्यार्थीहरुको यो समस्याको समाधानका लागि नेपाल सरकारदेखि अष्ट्रेलियन सरकारसम्म आफूहरुले पहलकदमी गरिसकेको र चाँडै नै विद्यार्थीहरुले न्याय पाउने उसले दाबी गरेको छ ।
विहिबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले यो समस्या समाधानका लागि शैक्षिक परामर्शदाताहरुको छाता संगठनको हिसाबले आफूहरु दत्तचित्त भएर लागिरहेको बताएका छन् । ‘हामी अष्ट्रेलियामा रहेको सो कलेजसँग निरन्तर सम्पर्कमै छौँ । साथसाथै विद्यार्थीहरु पनि हाम्रो सम्पर्कमै हुनुहुन्छ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ–‘यथाशक्य चाँडो उचित समाधानको प्रयासमा हामी क्रियाशिल छौँ ।’
अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरुको सरोकार राख्ने कानुन र व्यवस्थाका आधारमा पनि त्यहाँ रहेका विद्यार्थीहरु आत्तिन पर्ने अवस्था नरहेको इक्यानले जनाएको छ । त्यो सँगै त्यहाँ रहेको नेपाली दुतावास, विद्यार्थीहरुको संगठन पनि निरन्तर यो समस्या समाधानका लागि लागिपरेकोले विद्यार्थीहरुको पक्षमा नै निर्णय हुनेमा ढुक्क रहन उसले आह्वान गरेको छ ।
सम्बन्धन लिएको भन्दा फरक पाठ्यक्रमको पढाई गरेको आरोपमा अष्ट्रेलिया सरकारले एआइबिटी कलेजको दर्ता खारेज गरेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु मर्कामा परेका हुन् । तथ्याङ्कअनुसार कलेज दर्ता खारेज हुँदा नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया गएका १२ सय भन्दा बढि विद्यार्थीहरु मर्कामा परेका छन् ।
कास्की र आसपासबाट मात्रै यो कलेजमा २ सय भन्दा बढि विद्यार्थीहरु अष्ट्रेलिया पुगेको इक्यान कास्कीले जनाएको छ । त्यो मध्ये करिब ५० जना विद्यार्थीहरु नर्सिङ पढ्न त्यहाँ पुगेका थिए । एआइबिटीको नर्सिङ सेक्सनकै कलेजको दर्ता खारेजी भएको हो ।
‘हामीले स्थानियस्तरबाट पनि यो समस्या समाधानका लागि पहल गरिरहेकै छौँ । र, केन्द्रले पनि यो कुरामा सक्रियता देखाएको अवस्थामा समस्याको निकाश चाँडै निस्कनेमा हामी ढुक्क छौँ ।’ इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले भने–‘हामी अष्ट्रेलियामा रहेका विद्यार्थी र नेपालमा रहेका अभिभावकहरुलाई नआत्तिन आग्रह गर्छौँ ।’
इक्यान कास्कीले यहि समस्या समाधानको पहल गर्नका लागि संस्थागत रुपमा उपाध्यक्ष सन्दिप अर्याललाई अष्ट्रेलिया पठाईसकेको छ । उनले त्यहाँ गएर कलेज प्रतिनीधि, अष्ट्रेलियन सरोकारवाला र विद्यार्थीहरुसँग भेटघाट गरि समस्या समाधानको उपाय खोज्ने इक्यान कास्कीले जनाएको छ । उनी अहिले अष्ट्रेलिया पुगिसकेका छन् ।
साथै इक्यान कास्कीले अष्ट्रेलियामा घटेको यो घटना दुखद् भएको बताउँदै आगामी दिनमा संयमित भएर व्यवसाय गर्न शैक्षिक परामर्शदाताहरुलाई आग्रह गरेको छ । दर्ता नभई संचालनमा रहेका शैक्षिक परामर्शदाताहरुलाई जतिसक्दो चाँडै दर्ता प्रकृयामा आउन समेत संस्थाले आग्रह गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ
- 4 hours ago

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- 4 hours ago

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- 6 hours ago

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।