अष्ट्रेलियामा एआइबिटी कलेज खारेज, एक हजार नेपाली विद्यार्थीको बिचल्ली

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

अष्ट्रेलिया । द अष्ट्रेलियन इन्सिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी कलेज बन्द भएको छ । नर्सिङ सोसाइटीसँग सम्बन्धन नलिएको र बिना रिफरेन्स विद्यार्थीहरुलाई नर्सिङ डिप्लोमा भर्ना लिएका कारण सम्बन्धन खारेज गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

द अष्ट्रेलियन क्वालिटी अथोरिटी (एएसक्युयुए) ले एआइबिटीको रजिष्ट्रेसन खारेज गर्दै भनेको छ,‘एआइबिटीले अष्ट्रेलियाको शैक्षिक कानुनको अपहेलना गरेको छ ।’

 

एजबेस्टोसले भनेका छन्,‘कलेजले बजारमा गलत प्रचार गर्यो । शिक्षकलाई भ्रममा राख्ने काम गर्यो । विज्ञापनमा भनिए झै व्यवहारमा काम गर्न सकेन ।’

 

अष्ट्रेलियाका राष्ट्रिय नियमन अधिकारीहरुले भनेका छन्,‘एआइबिटीले अष्ट्रेलियन कानुनमा भएका धेरै शैक्षिक कानुन तोडेको छ ।’

 

यो खारेजीसँगै उक्त कलेजम पढ्ने हजारौँ नेपाली विद्यार्थीहरुको बिचल्ली भएको छ । उनीहरुले अब के गर्ने अर्को अन्यौलता थप बढेको छ । अष्ट्रेलियन कलेज र एजेन्टहरुको गलत प्रचारका कारण आज नेपाली विद्यार्थीहरुको यो बिजोगको अवस्था भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

एएस्क्युएले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ,‘एआइबिटीले आफ्नो सफाइमा दिएको प्रमाण पर्याप्त नभएको र यसले मार्केटमा गरेको अभ्यास सही र तथ्यपरक रहेका छैनन् ।’

 

यो खारेजी सन् २०१९ को मार्च २६ बाट लागु हुने बताइएको छ । एआइबिटीलाई २८ दिनभित्र एडमिनिस्ट्रेटिभ अपिल ट्रिबुनलमा अपिल गर्ने सक्ने बताइएको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 15 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 39 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 1 hour ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।