अष्ट्रेलियामा बोत्तल उठाएर नेपालमा सहयोग

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

पोखरा । प्रवासमा पुराना बोत्तल उठाएर संकलित रकम पोखराको एक विद्यालयमा सहयोग गरिएको छ । अष्टे«लियाको सिड्नीस्थित सगरमाथा फुटबल क्लबले संकलित रकमबाट पोखरा–१६ दीपस्थित दीव्यज्योति आधारभूत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरेको हो ।

 

क्लब प्रशिक्षक शिव तामाङले सोमबार विद्यालयमा आयोजित एक समारोहमा विद्यालय प्रअ कृष्णकुमारी जोशी, विद्यालय अध्यक्ष चन्द्रकान्त आचार्य र वडा सदस्य राजेश गुरुङलाई सो मेसिन संयुक्त हस्तान्तरण गरेका हुन् । क्लब प्रशिक्षक तामाङले नेपालमा केही गरौं भन्ने उद्देश्यले आफूहरुले अष्टे«लियाका विभिन्न रेष्टुरेष्ट, पव सेन्टर तथा घरघरमा फालिएका पुराना बोत्तल संकलन गरी उठेको रकमबाट विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

 

सो सहयोगप्रति विद्यालय परिवारले आभार प्रकट गरेको छ । ‘बोत्तल फर एजुकेशन एण्ड फुटबल’ भन्ने नाराका साथ क्रियाशील फुटबल क्लबले यसअघि पनि विभिन्न सहयोग गर्दैैआएको छ । क्लबमा हाल ३० जना खेलाडी छन् ।

 

क्लबले नेपालबाट अष्टे«लियामा विभिन्न प्रयोजनले जाने नेपालीलाई आवश्यक सल्लाह, सुझाव तथा सहयोग गर्दैआएको फोटोपत्रकार समेत रहेका क्लब सदस्य राम गुरुङले जानकारी दिए ।

 

नेपाली मिलेर सन् १९९९ मा स्थापित सो फुटबल क्लब पुरानो फुटबल क्लबमध्ये पर्दछ । हाल अष्टे«लियामा प्रवासी नेपालीकै २ दर्जन बढी फुटबल क्लब छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 13 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 37 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 1 hour ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।